उपनिर्वाचनका लागि कांग्रेसले खटायो प्रतिनिधि « Khabarhub

उपनिर्वाचनका लागि कांग्रेसले खटायो प्रतिनिधि


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाली काङ्ग्रेस कास्कीले कास्की क्षेत्र नं २ को उपनिर्वाचनलाई लक्ष्य गरी प्रतिनिधि खटाएको छ ।

जिल्ला कार्यसमितिको आजको बैठकले निर्वाचनलाई लक्ष्य गरी पार्टीलाई शसक्त र प्रभावकारी बनाएर परिचालन गर्न निर्वाचन क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका–११ मा प्रतिनिधि खटाइएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

पोखरा महानगरपालिका–१७ मा सभापति कृष्ण केसी, २० मा उपसभापति आइबहादुर गुरुङ, ११ मा सचिव सुदीपमोहन भट्टराई, २१ मा सचिव देवेन्द्र रानाभाट, ४ मा कोषाध्यक्ष लक्ष्मी पाण्डे र पोखरा–७ मा सहसचिव रङ्गिला आचार्यलाई प्रतिनिधि तोकिएको छ ।

यस्तै पोखरा–१५ मा क्षेत्रीय सभापति पोषनाथ शर्मा, ९ मा क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला, १६ मा क्षेत्रीय सभापति विजयराज आचार्य, ८ मा महानगर सभापति बजिरमान श्रेष्ठ र ३३ मा महानगर सहसभापति राजेन्द्रमणि लामिछानेलाई प्रतिनिधि तोकेको छ ।

बैठकले पहिलो चरणको जनजागरण अभियानका क्रममा प्राप्त सुझाव अध्ययन गरी प्रतिवेदन तयार पार्न सचिव देवेन्द्र रानाभाटको संयोजकत्वमा गठित समितिले जिम्मेवारी पूरा गरेको भन्दै धन्यवाद ज्ञापन गरेको छ ।

कास्की काङ्ग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा सम्पन्न बैठकले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले साउन ३१ र ३२ गते पोखरामा आयोजित प्रशिक्षण सफल बनाउन योगदान गरेको भन्दै पोखरा १७ कार्य समितिप्रति धन्यवाद व्यक्त गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ९ : १५ बजे

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त, लिए शपथ

काठमाडौँ – नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मन्त्रीको निर्देशनपछि सर्त उल्लङ्घन गर्ने बालाजु क्षेत्रको उद्योगको पानी र बिजुली काटियो

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि बालाजु

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल