मुद्दा लड्दा सुकुम्बासी, राजदूतलाई रातो ‘बत्ती’ « Khabarhub

मुद्दा लड्दा सुकुम्बासी, राजदूतलाई रातो ‘बत्ती’


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–इलामका इन्द्रप्रसाद ढकालले न्यायको लागि न्यायालयको ढोका ढक्ढक्याउँदा सुकुम्बासी भएको खबरलाई अन्नपूर्ण पोस्टले मुख्य खबर बनाएको छ ।

सूर्योदयन गरपालिका ११ का ६१ वर्षका ढकालले जग्गा फिर्ता पाउने आसमा ४० वर्ष अदालतको ढोका ढक्ढक्याएका थिए । उनले यो अवधिमा २ करोड बढी रकम खर्च भएको बताएका छन् । पहाडको ३५ रोपनी र तराइको २ बिघा जमिन अदालत धाउँदा र कानुन व्यवसायीको शुल्क तिर्दामै सकिएको उनले बताए । पहिला विवादमा रहेको तीन रोपनी भित्रको ३५ फिट जग्गा स्थानीय पञ्चकन्या मन्दिरलाई दिने निर्णय भएपनि लिखतमा ३५ रोपनी लेखिएका कारण ढकाल परिवार समस्यामा परेको हो ।

कार्यदलमा मतभेद शीर्षकको अर्को समाचारमा सत्तारुढ दल नेकपाले तल्लो तथा जनवर्गीय संगठन एकता प्रस्ताव तयारपार्न गठन गरेको कार्यदलको म्याद थप गर्ने या नगर्ने भन्ने विषयमा विवाद चुलिएको छ । प्रधानमन्त्रीले विघटन गरौं भन्ने प्रस्ताव राखेपनि बरिष्ठ नेता माधव नेपाल पक्षले थप थप गर्नुपर्ने अडान लिएको छ ।

राजदूतलाई रातो बत्ती शीर्षकको समाचारमा सरकारले राजदूतलाई सक्रिय बनाउने रणनीतिका साथ काम गर्ने भएको छ । एक वर्षमा एक राजदूतका लागि २ करोड खर्च गर्ने सरकारले उनीहरु निष्क्रिय हुँदा देशलाई ठूलो घाटा हुने भन्दै मूल्यांकन कमजोर ठहरिएमा फिर्ता बोलाउने तयारी थालेको छ । राजदूतहरुमध्ये राजनीतिक नियुक्तिका बढी सक्रिय र परराष्ट्र सेवाका धेरै सुस्त रहेको पाइएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ६ : ५५ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी