मुद्दा लड्दा सुकुम्बासी, राजदूतलाई रातो ‘बत्ती’ « Khabarhub

मुद्दा लड्दा सुकुम्बासी, राजदूतलाई रातो ‘बत्ती’


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–इलामका इन्द्रप्रसाद ढकालले न्यायको लागि न्यायालयको ढोका ढक्ढक्याउँदा सुकुम्बासी भएको खबरलाई अन्नपूर्ण पोस्टले मुख्य खबर बनाएको छ ।

सूर्योदयन गरपालिका ११ का ६१ वर्षका ढकालले जग्गा फिर्ता पाउने आसमा ४० वर्ष अदालतको ढोका ढक्ढक्याएका थिए । उनले यो अवधिमा २ करोड बढी रकम खर्च भएको बताएका छन् । पहाडको ३५ रोपनी र तराइको २ बिघा जमिन अदालत धाउँदा र कानुन व्यवसायीको शुल्क तिर्दामै सकिएको उनले बताए । पहिला विवादमा रहेको तीन रोपनी भित्रको ३५ फिट जग्गा स्थानीय पञ्चकन्या मन्दिरलाई दिने निर्णय भएपनि लिखतमा ३५ रोपनी लेखिएका कारण ढकाल परिवार समस्यामा परेको हो ।

कार्यदलमा मतभेद शीर्षकको अर्को समाचारमा सत्तारुढ दल नेकपाले तल्लो तथा जनवर्गीय संगठन एकता प्रस्ताव तयारपार्न गठन गरेको कार्यदलको म्याद थप गर्ने या नगर्ने भन्ने विषयमा विवाद चुलिएको छ । प्रधानमन्त्रीले विघटन गरौं भन्ने प्रस्ताव राखेपनि बरिष्ठ नेता माधव नेपाल पक्षले थप थप गर्नुपर्ने अडान लिएको छ ।

राजदूतलाई रातो बत्ती शीर्षकको समाचारमा सरकारले राजदूतलाई सक्रिय बनाउने रणनीतिका साथ काम गर्ने भएको छ । एक वर्षमा एक राजदूतका लागि २ करोड खर्च गर्ने सरकारले उनीहरु निष्क्रिय हुँदा देशलाई ठूलो घाटा हुने भन्दै मूल्यांकन कमजोर ठहरिएमा फिर्ता बोलाउने तयारी थालेको छ । राजदूतहरुमध्ये राजनीतिक नियुक्तिका बढी सक्रिय र परराष्ट्र सेवाका धेरै सुस्त रहेको पाइएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ६ : ५५ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी