श्रीमतीको टाउको बोकेर प्रहरी कार्यालय पुगेपछि… « Khabarhub

श्रीमतीको टाउको बोकेर प्रहरी कार्यालय पुगेपछि…


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नेपालमा मात्र होइन विश्वमा अन्य देशमा पनि पछिल्लो समय जघन्य हत्याका घटना बढ्दो अवस्थामा छन् । त्यहा पनि केही यस्ता घटना घट्छन् जसले आङ नै सिरिङ्ग पार्ने गर्दछ । यस्तै घटना घटेको छ, छिमेकी राष्ट्र भारतको मध्यप्रदेशमा । मध्यप्रदेशको मुरैना जिल्लाका एक व्यक्तिले श्रीमतीको हत्या गरी काटिएको टाउको नै बोकेर प्रहरी कार्यालयसम्म पुगेका छन् । यो बुधबारको घटना हो।

मुरैनाका प्रहरी अधिकारी रियाज इकवालले भने, ‘यो घटना बुधबार सार्वजनिक भयो । जब कल्याण शाक्यवार आफ्नी पत्नीको काटिएको टाउको बोकेर थानामा आए ।’ यो दृश्यले आफूहरुलाई चकित र त्रसिद बनाएको भन्दै इकवालले भने, ‘उनी आफैंले श्रीमतीको हत्या गरेको र गिरफ्तारीका लागि आएको बताए । त्यसपछि उनलाई त्यही नियन्त्रणमा लिएर राखेका छौं ।

प्रहरीले घटनाको अनुुसन्धान शुरु गरेको छ । राजधानी भोपालदेखि ४ सय ५० किलोटिरको दूरीमा रहेको घटनास्थलमा पनि प्रहरी पुगेको इकवालले बताए । प्रहरीका अनुसार मुरैनाको महुआथानेको केदारपुर गाउँमा बस्ने कल्याण शाक्यवार (उनलाई गब्बर नामले पनि चिनिन्छ।) र उनकी पत्नी पंकज बस्ने गर्दथे । उनीहरुबीच दैनिक झगडा हुने गर्दथ्यो । बुधबारको झगडा यत्ति ठूलो भयो कि कल्याणले पत्नी पंकजलाई बञ्चरो प्रहार गरी हत्या गरे ।

१० वर्ष अघि वैवाहिक बन्धनमा बाँधिएका उनीहरुका ३ वच्चा छन् । घटनाभएको बेला उनका ७ वर्षका छोरा अमन घरमै रहेको स्थानीयबासीको भनाई छ । श्रीमतीको टाउको बोकेर कल्याण गाउँमा घुम्न थालेपछि सबै स्थानीय त्रसित भएका थिए । त्यसपछि उनी आफैं हत्या भएकी श्रीमतीको टाउको बोकेर प्रहरी कार्यालय पुगेका थिए ।

प्रहरीले हत्यामा प्रयोग भएको बञ्चरो पनि बरामद गरेको छ । मृतको शव पोस्टमार्टमका लागि पठाएको छ । दैनिक हुने गरेको झगडाको कारणका विषयमा पनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बीबीसी

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ११ : ३० बजे

बजेट कार्यान्वयनमा कुनै समस्या आउँदैन : मन्त्री लिङ्थेप

काठमाडौं– कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुर कुमार लिङ्थेपले

ट्राफिक नियम उल्लङ्घनमा कडाइ गर्न ५ हजारदेखि ५० हजारसम्म जरिवानाको प्रस्ताव

काठमाडौं– पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक नियम उल्लङ्घनमा

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता