श्रीमतीको टाउको बोकेर प्रहरी कार्यालय पुगेपछि… « Khabarhub

श्रीमतीको टाउको बोकेर प्रहरी कार्यालय पुगेपछि…


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नेपालमा मात्र होइन विश्वमा अन्य देशमा पनि पछिल्लो समय जघन्य हत्याका घटना बढ्दो अवस्थामा छन् । त्यहा पनि केही यस्ता घटना घट्छन् जसले आङ नै सिरिङ्ग पार्ने गर्दछ । यस्तै घटना घटेको छ, छिमेकी राष्ट्र भारतको मध्यप्रदेशमा । मध्यप्रदेशको मुरैना जिल्लाका एक व्यक्तिले श्रीमतीको हत्या गरी काटिएको टाउको नै बोकेर प्रहरी कार्यालयसम्म पुगेका छन् । यो बुधबारको घटना हो।

मुरैनाका प्रहरी अधिकारी रियाज इकवालले भने, ‘यो घटना बुधबार सार्वजनिक भयो । जब कल्याण शाक्यवार आफ्नी पत्नीको काटिएको टाउको बोकेर थानामा आए ।’ यो दृश्यले आफूहरुलाई चकित र त्रसिद बनाएको भन्दै इकवालले भने, ‘उनी आफैंले श्रीमतीको हत्या गरेको र गिरफ्तारीका लागि आएको बताए । त्यसपछि उनलाई त्यही नियन्त्रणमा लिएर राखेका छौं ।

प्रहरीले घटनाको अनुुसन्धान शुरु गरेको छ । राजधानी भोपालदेखि ४ सय ५० किलोटिरको दूरीमा रहेको घटनास्थलमा पनि प्रहरी पुगेको इकवालले बताए । प्रहरीका अनुसार मुरैनाको महुआथानेको केदारपुर गाउँमा बस्ने कल्याण शाक्यवार (उनलाई गब्बर नामले पनि चिनिन्छ।) र उनकी पत्नी पंकज बस्ने गर्दथे । उनीहरुबीच दैनिक झगडा हुने गर्दथ्यो । बुधबारको झगडा यत्ति ठूलो भयो कि कल्याणले पत्नी पंकजलाई बञ्चरो प्रहार गरी हत्या गरे ।

१० वर्ष अघि वैवाहिक बन्धनमा बाँधिएका उनीहरुका ३ वच्चा छन् । घटनाभएको बेला उनका ७ वर्षका छोरा अमन घरमै रहेको स्थानीयबासीको भनाई छ । श्रीमतीको टाउको बोकेर कल्याण गाउँमा घुम्न थालेपछि सबै स्थानीय त्रसित भएका थिए । त्यसपछि उनी आफैं हत्या भएकी श्रीमतीको टाउको बोकेर प्रहरी कार्यालय पुगेका थिए ।

प्रहरीले हत्यामा प्रयोग भएको बञ्चरो पनि बरामद गरेको छ । मृतको शव पोस्टमार्टमका लागि पठाएको छ । दैनिक हुने गरेको झगडाको कारणका विषयमा पनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बीबीसी

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ११ : ३० बजे

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको

विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति