मलेसियाका रोजगारदाताले आप्रावासी श्रमिकको कोटा नघटाउने « Khabarhub

मलेसियाका रोजगारदाताले आप्रावासी श्रमिकको कोटा नघटाउने


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले मलेसियाका ठूला रोजगारदाता कम्पनीले विदेशी कामदारको कोटा नघटाउने बताएका छन् । पछिल्लो समय मलेसियाका रोजगारदाता कम्पनीले सन् २०१९ भित्र ३० हजार नागरिकले रोजगारी गुमाउने अवस्था सिर्जना हुने चेतावनी दिइरहेको बेला मन्त्री कुलासेगरनले मलेसियाले रोजगारीका अवसर घटाउने भन्दा अझै धेरै सिर्जना गर्ने बताएका छन् ।

मलेसियन रोजगारदाता महासंघले सन् २०१९ भित्र रोजगारीलाई व्यवस्थीत नगरे मलेसियामा ३० हजार रोजगार कटौती हुने चेतावनी दिएको थियो ।

महासंघले मलेसियामा सन् २०१८ मा २४ हजार मलेसियन नागरिक बेरोजगार रहेको जनाएको थियो । ती नागरिकलाई विदेशी श्रमिकको कोटा काटौती गरेर रोजगार दिनुपर्ने सुझाव महासंघले सरकारलाई दिएको थियो ।

यसको खण्डन गदै कुलासेगरनले भने,‘यो वर्ष थप रोजगारीका अवसर सरकारले सिर्जना गरेको छ । बेरोजगारी दर चिन्ताजनक छैन यसमा आत्तिनुपर्ने अवस्था छैन ।’

मलेसियामा न्यून पारिश्रमिक आकर्षक नहुँदा मलेसियन नागरिक रोजगारीको खोजीमा तेस्रो देश जाने गरेका छन् । आफ्ना नागरिकलाई स्वदेशमा नै टिकाउन मलेसियाले गतबर्षदेखि प्रयास सुरु गरेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ११ : ४१ बजे

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, न्यायको पर्खाइमा ओझा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा