बालेन लहर हाम्रा लागि शिक्षा हो : महासचिव पोखरेल « Khabarhub

बालेन लहर हाम्रा लागि शिक्षा हो : महासचिव पोखरेल


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको चुनावमा देखिएको ‘बालेन लहर’ र यसको परिणाम दलहरूका लागि एउटा शिक्षा भएको बताएका छन् । सामाजिक सञ्जालमा सक्रिय महासचिव पोखरेलले ‘चुनावको नतिजा र शिक्षा’ शीर्षकमा विचार राख्दै यस्तो बताएका हुन् ।

उनले नेपालमा अहिले देखिएको बालेन लहर र सन् १९८४ को भारतीय चुनावको ‘राजीव लहर’ बीच तुलना गरेका छन् । “सन् १९८४ को भारतीय आम चुनावमा आजको नेपालको चुनावमा देखिएको ‘बालेन लहर’ जस्तै ‘राजीव लहर’ देखिएको थियो । त्यस समयमा भारतीय लोकसभामा कंग्रेस (आई) ले दुई तिहाइभन्दा बढी सिटमा ऐतिहासिक विजय हासिल गरेको थियो,” पोखरेलले लेखेका छन्, “वर्तमान सत्तारुढ दल भाजपा भने उक्त चुनावमा केवल २ सिटमा सीमित भएको थियो ।”

तर, त्यस्तो विशाल सफलता प्राप्त गरेपछि पनि कंग्रेस (आई) क्रमशः कमजोर बन्दै गएको र भाजपा विस्तारै सशक्त हुँदै अघि बढेको उनले उल्लेख गरेका छन् । यही प्रक्रियाको परिणामस्वरूप आज भाजपा नरेन्द्र मोदीको नेतृत्वमा लगातार तेस्रो कार्यकालका लागि भारतको केन्द्रीय शासनमा स्थापित भएको उनको तर्क छ ।

महासचिव पोखरेलले पुराना उदाहरण पेस गर्दै चुनावी लहर वा एक पटकको ठुलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नगर्ने बताएका छन् । “यस घटनाक्रमले एउटा महत्त्वपूर्ण शिक्षा दिन्छ- जनअपेक्षा पूरा गर्ने क्षमता, संगठनको सुदृढीकरण र निरन्तर जनसमर्थन कायम राख्ने रणनीति नै दीर्घकालीन सफलताको आधार हुन्,” उनले अगाडि भनेका छन्, “जित्ने र हार्ने दुवैका लागि यी शिक्षाका विषय हुन् ।”

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १० : ४७ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा