बालेन लहर हाम्रा लागि शिक्षा हो : महासचिव पोखरेल « Khabarhub

बालेन लहर हाम्रा लागि शिक्षा हो : महासचिव पोखरेल


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको चुनावमा देखिएको ‘बालेन लहर’ र यसको परिणाम दलहरूका लागि एउटा शिक्षा भएको बताएका छन् । सामाजिक सञ्जालमा सक्रिय महासचिव पोखरेलले ‘चुनावको नतिजा र शिक्षा’ शीर्षकमा विचार राख्दै यस्तो बताएका हुन् ।

उनले नेपालमा अहिले देखिएको बालेन लहर र सन् १९८४ को भारतीय चुनावको ‘राजीव लहर’ बीच तुलना गरेका छन् । “सन् १९८४ को भारतीय आम चुनावमा आजको नेपालको चुनावमा देखिएको ‘बालेन लहर’ जस्तै ‘राजीव लहर’ देखिएको थियो । त्यस समयमा भारतीय लोकसभामा कंग्रेस (आई) ले दुई तिहाइभन्दा बढी सिटमा ऐतिहासिक विजय हासिल गरेको थियो,” पोखरेलले लेखेका छन्, “वर्तमान सत्तारुढ दल भाजपा भने उक्त चुनावमा केवल २ सिटमा सीमित भएको थियो ।”

तर, त्यस्तो विशाल सफलता प्राप्त गरेपछि पनि कंग्रेस (आई) क्रमशः कमजोर बन्दै गएको र भाजपा विस्तारै सशक्त हुँदै अघि बढेको उनले उल्लेख गरेका छन् । यही प्रक्रियाको परिणामस्वरूप आज भाजपा नरेन्द्र मोदीको नेतृत्वमा लगातार तेस्रो कार्यकालका लागि भारतको केन्द्रीय शासनमा स्थापित भएको उनको तर्क छ ।

महासचिव पोखरेलले पुराना उदाहरण पेस गर्दै चुनावी लहर वा एक पटकको ठुलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नगर्ने बताएका छन् । “यस घटनाक्रमले एउटा महत्त्वपूर्ण शिक्षा दिन्छ- जनअपेक्षा पूरा गर्ने क्षमता, संगठनको सुदृढीकरण र निरन्तर जनसमर्थन कायम राख्ने रणनीति नै दीर्घकालीन सफलताको आधार हुन्,” उनले अगाडि भनेका छन्, “जित्ने र हार्ने दुवैका लागि यी शिक्षाका विषय हुन् ।”

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १० : ४७ बजे

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,