नेकपा सचिवालय बैठक– पार्टी एकताबारे सुझाव दिन गठित कार्यदल भङ्ग « Khabarhub

नेकपा सचिवालय बैठक– पार्टी एकताबारे सुझाव दिन गठित कार्यदल भङ्ग


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाले सांगठनिक एकीकरणको लागि सुझाव दिन गठन गरेको कार्यदल भंग गरेको छ ।

शुक्रवार(आज) बालुवाटारमा बसेको सचिवालय बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको प्रवक्ता नायारणकाजी श्रेष्ठले बताए ।

पार्टी एकताको बाँकी काम सचिवालयले गर्ने र त्यसलाई स्थायी समितिबाट अनुमोदन गराउने निर्णय भएको नेता श्रेष्ठले जानकारी दिए ।

‘कार्यदलमा भएको कामको विवरण पेश गरिसकेपछि अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिने निर्णय गर्यो‍’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने,’अब प्रस्ताव सचिवालयले नै तयार गर्ने र सांगठनिक एकीकरणको लागि तयार भएको प्रस्ताव स्थायी समितिमा पेश गर्ने निर्णय गरेको छ ।’

विहीबार बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा कार्यदलका सदस्यहरुले एक साताको लागि कार्यदलको म्याद थप गर्न माग गरेका थिए । तर पार्टी अध्यक्ष केपी ओली कार्यदलको म्याद थप नगर्ने पक्षमा देखिएका थिए ।

सचिवालयमा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरु कार्यदललाई एक साताको थप समय दिनुपर्ने पक्षमा थिए तर उनीहरुको फरक मतका बाबजुद सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा पुस १२ गने गठन भएको कार्यदल भंग भएको हो । एकताको बाँकी काम अब सचिवालयले नै गर्ने छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ११ : ५१ बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा