काठमाडौं– मकवानपुरको भीमफेदीस्थित कारागार कार्यालयका जेलर (शाखा अधिकृत) घुस रकमसहित पक्राउ परेका छन् ।
आफ्नै कार्यालयमा कार्यरत चौकीदारसँग मागेको ७५ हजार रुपैयाँ घुस रकमसहित जेलर मदन अधिकारी पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले जेलर अधिकारीलाई पक्राउ गरेको हो ।
जेलर अधिकारीलाई घुस रकम लिइसकेको अवस्थामा उनको निवासबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
प्रतिक्रिया