पूर्व फोर्स कमाण्डरलाई नेपाली सेनाबाट ‘हल अफ फेम’ सम्मान | Khabarhub Khabarhub

पूर्व फोर्स कमाण्डरलाई नेपाली सेनाबाट ‘हल अफ फेम’ सम्मान


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा पूर्व फोर्स कमाण्डरहरुलाई ‘हल अफ फेम’ सम्मान गरिएको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले स्थापना गरेको हल अफ फेममा प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्व फोर्स कमाण्डरहरुको तस्वीर अनावरण समेत गरेका थिए ।

सम्मानित हुनेहरुमा अवकासप्राप्त रथी कृष्ण नारायण सिंह थापा, रथी भिक्ट्री शम्शेर जबरा, रथी बालानन्द शर्मा, रथी पवन जंग थापा र हालका प्रधानसेनापति पूर्णचन्द्र थापा रहेका छन् ।

संसारका धेरै देशले आ–आफ्नो तालिम केन्द्र, प्रतिष्ठान तथा कलेजहरुबाट तालिम प्राप्त गरेका स्वदेशी तथा विदेशी शिक्षार्थीहरुमध्ये उच्च पद हासिल गर्न सफल भएका व्यक्तिहरुको तस्वीरलाई हलमा राखी सम्मान प्रकट गर्ने प्रचलन अनुरुप नै नेपाली सेनाले पनि सैनिक प्रतिष्ठान खरिपाटीबाट ऐकेडेमी हल अफ फेमको शुरुवात गरेको जनाएको छ ।

समारोहमा रक्षा सचिव, बलाधिकृत रथी, बलाध्यक्ष रथी, नेपाली सेनाका अवकाश प्राप्त तथा वहालवाला रथीहरु, शान्ति सेना निर्देशनालयका पूर्व निर्देशकहरु, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिहरु, नेपाल प्रहरीका प्रतिनिधि लगायत नेपाली सेनाका अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ७ : १२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका