हर्मुजको स्ट्रेटमा इरानको नौसैनिक अभ्यास « Khabarhub

हर्मुजको स्ट्रेटमा इरानको नौसैनिक अभ्यास


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले हर्मुजको स्टे«टमा नौसैनिक अभ्यास शुरु गरेको छ । शुक्रबारबाट शुरु जल सेनाको अभ्यासमा १ सयभन्दा धेरै इरानी युद्धपोत तथा पानीजहाजको प्रयोग गरिएको छ भने अभ्यासमा सयौँ नौसैनिक सहभागी छन् ।

शुक्रबारबाट शुरु नौसैनिक अभ्यासमा पहिलोपटक पनडुब्बीबाट मार हान्न सक्ने क्रुज क्षेप्यास्त्रको पनि परीक्षण गरिने इरानी अधिकारीले जनाएका छन् ।

नौसैनिक अभ्यासका क्रममा इरानले संभावित युद्धका क्रममा नौसेनाको तयारी, जोखिम मुल्याङ्कन तथा नयाँ हतियारको परीक्षण गर्ने जनाइएको छ ।

गत साता इरानले प्रक्षेपण गरेको ‘फतेह’ नामक पनडुब्बीबाट क्रुज क्षेप्यास्त्रको परीक्षण यो नौसैनिक अभ्यासको महत्वपूर्ण पाटो हुने इरानको इस्ना समाचार संस्थाले जनाएको छ ।

पछिल्लो समय इरान तथा अमेरिका र अमेरिकाका क्षेत्रीय साझेदारबीचको सम्बन्ध चिसिँदै गएका बेला इरानले फारसको खाडीको प्रवेशद्वार मानिने हर्मुजको स्टे«टमा नौसैनिक अभ्यास शुरु गरेको हो ।

इरानले बेलाबेला आफ्नो मुलुकविरुद्ध कुनै वाह्य आक्रमण भएमा हर्मुजको स्टे«ट बन्द गरिदिने चेतावनी दिँदै आएको छ । हमुर्जको स्टे«ट कच्चा तेल निर्यातका लागि विश्वकै सबैभन्दा महत्वपूर्ण निर्यातमार्ग हो ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ७ : ३१ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको