हर्मुजको स्ट्रेटमा इरानको नौसैनिक अभ्यास « Khabarhub

हर्मुजको स्ट्रेटमा इरानको नौसैनिक अभ्यास


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले हर्मुजको स्टे«टमा नौसैनिक अभ्यास शुरु गरेको छ । शुक्रबारबाट शुरु जल सेनाको अभ्यासमा १ सयभन्दा धेरै इरानी युद्धपोत तथा पानीजहाजको प्रयोग गरिएको छ भने अभ्यासमा सयौँ नौसैनिक सहभागी छन् ।

शुक्रबारबाट शुरु नौसैनिक अभ्यासमा पहिलोपटक पनडुब्बीबाट मार हान्न सक्ने क्रुज क्षेप्यास्त्रको पनि परीक्षण गरिने इरानी अधिकारीले जनाएका छन् ।

नौसैनिक अभ्यासका क्रममा इरानले संभावित युद्धका क्रममा नौसेनाको तयारी, जोखिम मुल्याङ्कन तथा नयाँ हतियारको परीक्षण गर्ने जनाइएको छ ।

गत साता इरानले प्रक्षेपण गरेको ‘फतेह’ नामक पनडुब्बीबाट क्रुज क्षेप्यास्त्रको परीक्षण यो नौसैनिक अभ्यासको महत्वपूर्ण पाटो हुने इरानको इस्ना समाचार संस्थाले जनाएको छ ।

पछिल्लो समय इरान तथा अमेरिका र अमेरिकाका क्षेत्रीय साझेदारबीचको सम्बन्ध चिसिँदै गएका बेला इरानले फारसको खाडीको प्रवेशद्वार मानिने हर्मुजको स्टे«टमा नौसैनिक अभ्यास शुरु गरेको हो ।

इरानले बेलाबेला आफ्नो मुलुकविरुद्ध कुनै वाह्य आक्रमण भएमा हर्मुजको स्टे«ट बन्द गरिदिने चेतावनी दिँदै आएको छ । हमुर्जको स्टे«ट कच्चा तेल निर्यातका लागि विश्वकै सबैभन्दा महत्वपूर्ण निर्यातमार्ग हो ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ७ : ३१ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी