डीपीएल फाइनल : शरदको महेन्द्रनगर र दीपेन्द्रको अत्तरिया भिड्दै « Khabarhub

डीपीएल फाइनल : शरदको महेन्द्रनगर र दीपेन्द्रको अत्तरिया भिड्दै


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रोसंस्करणको फाइनल भिडन्त शनिबार हुनेभएको छ । प्रस्तावित अन्तराष्ट्रिय फाप्ला क्रिकेट मैदानमा हुने खेलमा नेपाली क्रिकेटका दुई स्टार खेलाडीले नेतृत्व गरेका टोली महेन्द्रनगर युनाइटेड र सिवाईसी अत्तरिया प्रतिस्पर्धा गर्दैछन् ।

महेन्द्रनगरको कप्तानी राष्ट्रिय टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले गरिरहेका छन् भने अत्तरियाको नेतृत्व युवा स्टार दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन् ।

राष्ट्रिय टोलीमा दुवै खेलाडीले मध्यक्रम हेरेपनि यी दुई खेलाडीको कप्तानीमा रहेका टोली महेन्द्रनगर र अत्तरिया डीपीएलको यो सिजनको ट्रफीका लागि प्रतिस्पर्धा गर्नेछन् । यसलाई शरद र दीपेन्द्र्रबीचको प्रतिस्पर्धाका रुपमा पनि हेरिएको छ ।

खेल अघि शुक्रबार भएको पोष्ट म्याच कन्फ्रेरेन्समा दुवै कप्तानले आ—आफुले उपाधी उचाल्ने ‘दावी’ गरेका छन् ।

घरेलु प्रतियोगितामा सफल शरदले विपक्षी टोली बलियो भए पनि बलियो टोलीलाई पराजित गर्दै ट्रफी उचाल्ने बताएका छन् ।

‘अत्तरियाले राम्रो खेलिरहेको छ । कुनै पनि टोलीको लक्ष्य ट्रफी उचाल्नु हो । त्यसैले च्याम्पियन बन्न च्याम्पियन टोलीलाई हराउनै पर्छ,’ शरदले थपे, ‘राम्रो क्रिकेट खेल्नुपर्छ । दुबै टोलीलाई फाइनलमा दबाव हुन्छ । सहि समयमा सहि क्रिकेट खेल्न सक्यौं भने उपाधि जित्न सक्छौं ।’

अत्तरियाका कप्तान दिपेन्द्रसिंह ऐरीले डीपीएलमा टोलीले राम्रो प्रदर्शन गरिरहेको र फाइनलमा पनि बिना कुनै दबाब खेल्ने बताएका छन् । ‘यसपटक जसरी हामी खेलिरहेका छौं । यसका आधारमा आशावादी छौं ।’

सर्वाधिक पुरस्कार राशीको धनगढी प्रिमियर लिगको विजेताले ३० लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १२ लाख प्राप्त गर्नेछ । डीपीएलको पहिलो र दोस्रो संस्करणको विजेता टोली टिम चौराहका कप्तान सोमपालले नेतृत्व गरेको नयाँ घरेलु टोली धनगढी स्टार्स यो सिजनको लिग चरणबाटै घर फर्किएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ७ : ४० बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित