चाडपर्वमा दुर्घटना कम गर्न ‘नो ओभरटेक जोन’ घोषणा « Khabarhub

चाडपर्वमा दुर्घटना कम गर्न ‘नो ओभरटेक जोन’ घोषणा


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-चाडपर्वलाई लक्षित गरी सवारी दुर्घटना कम गर्ने उपाय अबलम्बन थालिएको छ ।

नेपालीले मनाउने दशैं, तिहार‍, छटजस्ता महत्वपूर्ण चार्डका समयमा राजधानी काठमाडौंबाट बाहिरिने यात्रुको चाप र सवारी चापलाई ध्यान गर्दै सडक सुरक्षासहित ‘नो ओभरटेक जोन’ सम्मका योजना ल्याइएको छ ।

चाडपर्वको समयमा सवारी साधनको चाप अत्यधिक हुने तर तुलनात्मक रूपमा साँघुरो भएको हुनाले त्रिभुवन राजपथको नौबिसे–नागढुङ्गा सडकखण्डलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिए ।

यो खण्डमा भत्किएको सडक तत्काल चौडा बनाउन सम्भव नदेखिएको हुनाले ‘नो ओभरटेक जोन’ घोषणा गरिएको उनले बताए ।

त्यसैगरी त्रिभुवन राजपथअन्तर्गतको खानीखोलासम्म राति ९ बजे मात्र पुग्ने गरी काठमाडौँ भित्रिने ग्यास बुलेट, लामा भारी सामान बोकेका लरी, टिपरलगायतका भारी सवारी साधनलाई निर्देशन दिइएको जानकारी पनि प्रजिअ तामाङले बताए ।

काठमाडौँबाट बाहिरिने सवारी साधनहरू राति ९ बजेसम्म राजपथको सो खण्ड पार गरिसक्ने गरी व्यवस्था मिलाएकाले सो खण्डमा जाम नहोस् भनेर काठमाडौँ भित्रिने भारी सवारी साधनलाई निर्देशन दिइएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ६ : ५४ बजे

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी