काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि ५ सय युवा परिचालन « Khabarhub

काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि ५ सय युवा परिचालन


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनका लागि भन्दै ५ सय जना युवाहरुलाई सडकमा परिचालन गरेको छ ।

ट्राफिक प्रहरीले दशै‌ं लगायत चाडपर्वको छेको पारेर सडकमा ट्राफिक व्यवस्थापन गर्न भनेर ५ सय जना स्वयंसेवी युवाहरुलाई सडकमा परिचालन गरेको हो ।

उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्त बनाउनका लागि २३ वटा स्कूल–कलेज, २ वटा युवाक्लव, १६ वटा यातायात प्रालि, १० जना ख्यातिप्राप्त कलाकार, १२ जना एयरहोस्टेज गरी ५ सय जना युवालाई परिचालन गरिएको हो ।

काठमाडौंको दरबारमार्ग, केशरमल, त्रिचन्द्र कलेज, न्युरोड, वीर अस्पताल, नागस्थान, थापाथली, त्रिपुरेश्वर, कुपन्डोल, पुल्चोक , कालिमाटी, कलन्की, महाराजगन्ज, गौसला, बि एण्ड बि अस्पताल अगाडि, जमल, भाेटाहिटी, माइतीघर, सिंहदरबर, बानेश्वर, काेटेश्वर, पुतलीसडक, नयाँ बसपार्क, लगायतका स्थानमा यी युवाहरु खटिनेछन् ।

क्षमताभन्दा बढी यात्रु चढ्न नदिने, टिकट काउन्टरमा हुने ब्लयाकमेलिङको अन्त्य गर्ने, सडकमा ट्राफिक जाम हुन नदिने लगायतका कामहरु युवाहरुले गर्नेछन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनका लागि खटिने युवाहरुलाई प्रारम्भिक चरणको प्रशिक्षण समेत दिएको छ ।

ट्राफिक नियम तथा ट्राफिक व्यवस्थापनका लागि अपनाउनु पर्ने उपायका सम्बन्धमा युवाहरुलाई प्रशिक्षण दिइएको महाशाखाले जनाएको छ ।

प्रशिक्षणमा सहभागी युवाहरुलाई आइतबार एक कार्यक्रम गरी ट्राफिक व्यवस्थापनका लागि परिचालन गरिएको हो ।

गृहमन्त्री रामबहादुर थापा (बादल) र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक व्यवस्थापनमा खटिने युवाहरुको बिदाई गरे ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ११ : ०० बजे

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी