दीपकराज गिरीको गुनासो – हाम्रो कामले केही सञ्चालित तत्त्वहरुको निद्रा बिग्रिएको छ « Khabarhub

दीपकराज गिरीको गुनासो – हाम्रो कामले केही सञ्चालित तत्त्वहरुको निद्रा बिग्रिएको छ


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलाबेलामा खुलेर अभिव्यक्ति दिइरहने अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्नो सफलताले अत्तालिएका केही व्यक्तिको निद्रा बिथोलिएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबूकमा आइतबार बिहानै एक स्टाटस लेख्दै आफूहरु विरुद्ध लाग्ने केही सञ्चालित तत्त्वहरुको निद्रा बिग्रिएको टिप्पणी गरेका हुन् ।

आज म लेख्दैछु भन्दै गिरीले लेखेका छन्, ‘हाम्रो समूह विगत लामो समयदेखि नेपाली चलचित्र र संगीतको पक्षमा काम गर्दै आइरहेको छ, रातदिन नभनी हाम्रो संस्कृतिको रक्षाको पक्षमा वकालत पनि गर्दै आइरहेको कुरा सबै आदरणीय मित्रहरुलाई थाहै छ ।’

गिरीले आफूहरुले पाएको अकल्पनीय लगातारको सपलताले अत्तालिएका यी व्यक्तिहरु सामाजिक सञ्जालहरुमा समूह निर्माण गरेर आफूहरुविरुद्ध विष ओकलेको जिकिर गरे ।

‘केही सञ्चालित तत्त्वहरुको निद्रा बिग्रिएको प्रमाण फेला परेको छ, हाम्रो अकल्पनीय लगातारको सफलताले अत्तालिएका यी व्यक्तिहरु सामाजिक सञ्जालहरुमा समूह निर्माण गरेर हामीविरुद्ध विष ओकलिरहेका छन्,’ उनको भनाइ छ, ‘नेपाली फिल्म र नेपाली संस्कृतिको पक्षमा आवाज उठाउनु गल्ती हो?’

साथै उनले प्रायोजित गालीले आफ्नो अभियानलाई कुनै फरक नपर्ने धारणा राखेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ११ : ३१ बजे

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको