दीपकराज गिरीको गुनासो – हाम्रो कामले केही सञ्चालित तत्त्वहरुको निद्रा बिग्रिएको छ « Khabarhub

दीपकराज गिरीको गुनासो – हाम्रो कामले केही सञ्चालित तत्त्वहरुको निद्रा बिग्रिएको छ


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलाबेलामा खुलेर अभिव्यक्ति दिइरहने अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्नो सफलताले अत्तालिएका केही व्यक्तिको निद्रा बिथोलिएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबूकमा आइतबार बिहानै एक स्टाटस लेख्दै आफूहरु विरुद्ध लाग्ने केही सञ्चालित तत्त्वहरुको निद्रा बिग्रिएको टिप्पणी गरेका हुन् ।

आज म लेख्दैछु भन्दै गिरीले लेखेका छन्, ‘हाम्रो समूह विगत लामो समयदेखि नेपाली चलचित्र र संगीतको पक्षमा काम गर्दै आइरहेको छ, रातदिन नभनी हाम्रो संस्कृतिको रक्षाको पक्षमा वकालत पनि गर्दै आइरहेको कुरा सबै आदरणीय मित्रहरुलाई थाहै छ ।’

गिरीले आफूहरुले पाएको अकल्पनीय लगातारको सपलताले अत्तालिएका यी व्यक्तिहरु सामाजिक सञ्जालहरुमा समूह निर्माण गरेर आफूहरुविरुद्ध विष ओकलेको जिकिर गरे ।

‘केही सञ्चालित तत्त्वहरुको निद्रा बिग्रिएको प्रमाण फेला परेको छ, हाम्रो अकल्पनीय लगातारको सफलताले अत्तालिएका यी व्यक्तिहरु सामाजिक सञ्जालहरुमा समूह निर्माण गरेर हामीविरुद्ध विष ओकलिरहेका छन्,’ उनको भनाइ छ, ‘नेपाली फिल्म र नेपाली संस्कृतिको पक्षमा आवाज उठाउनु गल्ती हो?’

साथै उनले प्रायोजित गालीले आफ्नो अभियानलाई कुनै फरक नपर्ने धारणा राखेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ११ : ३१ बजे

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा