दिल्लीका ट्याक्सीमा कन्डम अनिवार्य, नियम मिच्नेलाई ६ लाख जरिवाना ! | Khabarhub Khabarhub

दिल्लीका ट्याक्सीमा कन्डम अनिवार्य, नियम मिच्नेलाई ६ लाख जरिवाना !


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको दिल्लीमा ट्याक्सी चालकहरु आफ्नो सवारीमा कन्डम राखेर हिँड्न थालेका छन् । यदी उनीहरुले सवारीमा कन्डम राखेनन् भने ट्राफिकले चिट काट्ने गरेको समाचारहरु सार्वजनिक भएको छ ।

भारतीय अनलाइन आज तकका अनुसार दक्षिण दिल्लीको नेल्सन मण्डेला मार्गमा एक ट्याक्सी ड्राइभर धमेन्द्रलाई ट्राफिक प्रहरीले रोक्यो । यसपछि प्रहरीले उनको गाडीमा रहेको फस्र्ट एड बक्स जाँच गर्‍यो । उक्त बक्सामा कन्डम नभएपछि ट्राफिकले चिट काट्यो ।

प्रहरीले कन्डोम नभएका कारण चिट काटेको जनाएपनि चिटमा भने तिव्र गति उल्लेख गरिदियो । त्यसपछि धम्रेन्द्र सधैं ट्याक्सीमा कन्डम राख्न थाले ।

यो हल्लासँगै अधिकांश ट्याक्सी चालकले आफ्नो सावरीमा कन्डोम राख्न थालेका छन् ।

तर कतिपय ड्राइभरका अनुसार प्रहरीले चेकिङका क्रममा कन्डमका बारेमा सोधेको भने छैन । तर दिल्ली मोटर भेइकल एक्ट या सेन्ट्रल मोटर भेइकल एक्टमा कही पनि कन्डम राखेर सवारी चलाउनुपर्ने व्यवस्था भने गरिएको छैन ।

सर्वोदय ड्राइभर एसोसिएशनका अध्यक्ष कमलजीत गिलका अनुसार कन्डमको प्रयोग अफ्ट्यारोमा प्रयोग गर्न सकिने भएकोले उपयोगी भएको बताउँछन् । यदी कसैलाई काट्यो र रगत बगिरहेको छ भने कन्डमले बाँधन सकिने, ट्याक्सीमा तेल चुहिएको स्थानलाई रोक्नका लागि पनि कन्डमले बाँध्न सकिने र त्यसले दुर्घटना टर्ने उनको भनाइ छ ।

भारतमा एक सेप्टेम्बरदेखि नयाँ मोटर भेइकल एक्ट लागू भएको छ । यो कानून लागू भएसँगै ट्राफिक उल्लंघन गर्नेमाथि को जरिवाना रकम पनि कयौं गुणा बढाइएको छ । हरेक क्षेत्रमा प्रहरीले चालकको जाँचलाई तिब्र बनाएको छ ।

समाचारहरुका अनुसार ट्राफिक नियम उल्लंघन गर्नेहरुमा माथि ठूलो रकम जरीवाना गर्दै चिट थमाइएको छ ।

कसलैलाई पचास हजारको चलान काटिएको छ भने कसैलाई एक लाख रुपैयाँको जरीवाना काटिएको छ । ६ लाख सम्मको जरिवाना चिट काटिएका समाचारहरु आएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ११ : ३४ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न