अर्को दशैँमा नयाँ फिल्म लिएर आउँछौँ: अशोक शर्मा « Khabarhub

अर्को दशैँमा नयाँ फिल्म लिएर आउँछौँ: अशोक शर्मा


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘रातो टीका निधारमा’ का निर्देशक अशोक शर्माले अर्को वर्ष पनि दशैँको अवसर पारेर चलचित्र रिलिज गर्ने बताएका छन् । गतवर्ष चलचित्र ‘जय भोले’ दशैँमा रिलिज गरेका शर्माले यस वर्षको दशैँ पारेर चलचित्र ‘रातो टीका निधारमा’ रिलिज गर्दैछन् ।

खबरहबसँगको कुराकानीमा शर्माले अर्को वर्ष पनि दशैँको अवसर पारेर चलचित्र प्रदर्शन गर्ने बताए । ‘हामीले गत वर्षजस्तो पहिले नै फिल्मको प्रोजेक्ट घोषणा त गरेका छैनौँ, तर अर्को वर्ष पनि दशैँ पारेर नै फिल्म रिलिज गर्छौँ,’ शर्माले भने ।

असोज १० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘रातो टीका निधारमा’ गत वर्ष नै निर्माणको घोषणा गरिएको थियो । यो चलचित्रमा अंकित शर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका रहेको छ । दशैँको महत्त्व झल्काउने यो फिल्मले रिलिजअघि राम्रै चर्चा कमाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १२ : २७ बजे

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न