एसियाकै सबैभन्दा कम उमेर र तौलकी बालिकाको मुटु प्रत्यारोपण « Khabarhub

एसियाकै सबैभन्दा कम उमेर र तौलकी बालिकाको मुटु प्रत्यारोपण


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वुहान– चीनको हुवेयी राज्यअन्तर्गत वुहान शहरको युनियन अस्पतालमा ६६ दिन (२ महिना ३) दिन उमेरकी एक बालिकाको मुटुको सफल प्रत्यारोपण (ट्रान्सप्लान्ट) गरिएको छ । रुईरुइ नाम गरिएकी ती बालिका मुटुको उपरेशन गरिएकी एसियाकै कम तौल तथा उमेर भएकी बालिकाको रुपमा लिइएको छ । उनको तौल ३ किलोग्राम रहेको जनाइएको छ ।

सर्जिकल टीमको नेतृत्व गरेका डाक्टर डोंग नियांगुका अनुसार एक ४ वर्षीय बालकको मुटु रुईरुइमा प्रत्यारोपण गरिएको हो ।

मुटु लिइएका ४ वर्षीय बालकको एक ठूलो भवनबाट खसेर मृत्यु भएको थियो ।

चिकित्सकहरुले मुटुको प्रत्यारोपण गरिए पछि हुने संक्रमणबाट रुईरुइ मुक्त रहेको जनाएका छन् । यद्यपि, उनको रेखदेखका लागि ३ महिनासम्म आईसीयूमा राखिने छ ।

यसअघि चीनमा नै एक ११३ दिनको उमेरका बालकको मुटुको प्रत्यारोपण गरिएको थियो । ती बालकको तौल ४.२५ किलो थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ११ : ५७ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म