म्याग्दीको कोटखोलामा बाढी आउँदा २ जना बेपत्ता, दुईवटा घर बगायो « Khabarhub

म्याग्दीको कोटखोलामा बाढी आउँदा २ जना बेपत्ता, दुईवटा घर बगायो


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलामा आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

बाढीले बगरफाँटका पाँच घरमासमेत क्षति पुगेको छ । जसमध्ये दुई घर बाढीले बगाएको छ ।

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा अविरल वर्षपछि कोटखोलामा आएको बाढी बस्तीमा पस्दा क्षति पुर्‍याएको हो ।

शनिवार मध्य रातमा बाँढी आउँदा स्थानीय त्रसित बनेका थिए ।

बाढीले घर बगाउँदा दुई बालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ध्रुव शर्माले जानकारी दिए ।

बाढीका कारण बेपत्ता हुनेमा बेपत्ता हुनेमा बेनी–९ की १० वर्षीया प्रविना परियार र बेनी–५ की छ वर्षीया अनुश्का परियार रहेको प्रहरीले जनाएको छ ।

बाढीले पार्वती परियार, माया परियार, रेशम जुग्जाली र सेते परियारको घर पूर्ण रुपमा क्षति भएको छ भने पाँच घरमा सामान्य क्षति पुगेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १ : ०५ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट