काठमाडौंका धारामा २ दिन बिराएर पानी वितरण « Khabarhub

काठमाडौंका धारामा २ दिन बिराएर पानी वितरण


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा ५–६ दिन बिराएर वितरण हुने पानी अहिले २ दिन बिराएर वितरण गर्न थालिएको छ । बाग्मतीमा पानीको बहाव बढेकाले अहिले काठमाडौंका विभिन्न ठाउँहरुमा पानीको आपूर्ति सहज बन्दै गएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले महांकाल, महाराजगञ्ज र बानेश्वरको मीनभवनस्थित पानी ट्यांकीमा जम्मा भएको पानी २ दिन बिराएर वितरण गर्न थालेको हो ।

खानेपानी मन्त्री बिना मगरको निर्देशनमा केयुकेएलले काठमाडौंका मुख्य ठाउँहरुमा पानीको वितरणलाई तीव्रता दिएको छ ।

वर्षातको समयमा बाग्मतीमा पानीको बहाव बढेकाले उक्त पानीलाई सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाएर प्रशोधन गरी वितरण गरिएको केयुकेएलका कम्पनी सचिव मिलन शाक्यले जानकारी दिए ।

पुरानै वितरण लाइनबाट पानीको आपूर्ति भईरहेको कम्पनी सचिव शाक्यले बताए । पुरानै लाइनबाट पानीको आपूर्ति गर्दा चुहावट हुने सम्भावना भएकाले नजिकका केयुकेएलका शाखा कार्यालयहरुमा खबर गर्न समेत केयुकेएलले सबैलाई आग्रह गरेको छ ।

‘यसपालीको वर्षात्मा बाग्मतीमा पानी बढेकाले उक्त पानीलाई प्रशोधन गरी वितरण गरिएको हो ।’ कम्पनी सचिव शाक्यले भने, ‘५–६ दिन बिराएर वितरण गर्दै आईरहेको पानी अहिले २ दिन बिराएर वितरण गर्न थालिएको छ । वर्षात्का कारण काठमाडौंका मुख्य ठाउँहरुमा अहिले पानीको समस्या कम हुँदै जान थालेको र प्रत्येकको घरमा पानीको आपूर्ति सहज भईरहेको छ ।’

केयुकेएलका अनुसार महांकालचौर स्थित पानी ट्यांकीमा दैनिक डेढ करोड लिटर पानी थपिंदै गएको छ । महांकालचौर शाखाको पानी अहिले चावहिल, कपन, मैजुबहाल, पशुपति, गौशाला, बत्तिसपुतली, पुरानो बानेश्वर, न्युरोड र कमलादीमा वितरण हुँदै आईरहेको छ । शाखा प्रमुख उमेश मरहट्टाले महांकालचौरबाट ९० हजार धाराहरुमा पानी वितरण हुँदै आएको जानकारी दिए ।

त्यसैगरी महाराजगञ्जस्थित पानी ट्यांकीमा अहिले दैनिक ४५ लाख लिटर पानी थपिएको शाखा प्रमुख रमेश के.सीले जानकारी दिनुभयो । महाराजगञ्ज शाखाबाट चक्रपथ महाराजगञ्ज, लाजिम्पाट, गैरीधारा, कपुरधारा, रानीबारी, सामाखुसी र असनमा पानी हुने गर्दछ । यस क्षेत्रका ८ हजार धारामा पानी वितरण गरिंदै आएको शाखा प्रमुख के.सीले बताए ।

केयुकेएलका अनुसार नयाँ बानेश्वरको मीनभवन स्थित पानी ट्यांकीमा अहिले दैनिक २५ लाख लिटर पानी थपिएको छ । मीनभवन शाखाबाट नयाँ बानेश्वर, तीनकुने, शंखमुल बुद्धनगर, थापागाउँ र मध्य बानेश्वर क्षेत्रमा पानी वितरण हुँदै आईरहेको छ । यस क्षेत्रमा करिब १० हजार धारामा पानी आईरहेको शाखा प्रमुख नारायण कर्णले जानकारी दिए ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  २ : ४० बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले