जापानी सम्राटको राज्याभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारी जापान जाँदै | Khabarhub Khabarhub

जापानी सम्राटको राज्याभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारी जापान जाँदै


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी दशैंपछि जापान भ्रमणमा जाने भएकी छिन् ।

राष्ट्रपति भण्डारी दशैंलगत्तै जापान जाने तयारी भएको राष्ट्रपति कार्यालय शितल निवास स्रोतले खबरहबलाई जानकारी दियो ।

जापानी सम्राट नारुहितोको राज्याभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यस तर्फ जान लागेकी हुन् ।

जापानी सम्राट नारोहितोको राज्याभिषेक कार्यक्रम अक्टोबर २२ (कात्तिक ५ ) गतेका लागि तय भएको छ ।

राष्ट्रपति भण्डारी नारोहितोको राज्याभिषेकमा सहभागी हुन अक्टोबर १६ (असोज २९ गते) म्यानमार हुँदै जापान प्रस्थान गर्ने र अक्टोबर २३ तारिख(कात्तिक ६ गते) स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय श्रोतले खबरहबलाई जानकारी दियो ।

१२६ औं सम्राट बनेर नारोहितो औपचारिक रुपमा जापानको सिंहासनमा बसिसकेका छन् । उनले मे १ मा जापानको सिंहासन सम्हालेका थिए ।

मे १ मा नै सिंहासनमा बसेका नारोहितोको राज्याभिषेक भएको थिएन । राज्याभिषेक कार्यक्रमका लागि विश्वका विभिन्न देशका राजा र राष्ट्र प्रमुखहरुलाई आमन्त्रण गरिएको छ ।

सम्राट अकिहिताले ‘क्राइसेथिमस थ्रोन(राजगद्दी)’ आफ्नो छोरा नारोहितोलाई हस्तान्तरण गरेका थिए ।

इम्पेरियल प्यालेसमा आयोजित पारम्परिक रीति रिवाजका बीचा नारोहितोलाई मुकुट पहिराइएको थियो भने उनलाई जापानको शाही खजानाको साचो हस्तान्तरण गरिएको थियो ।

जापानमा जब कोही राजा आफ्नो गद्दी त्याग्छन् त्यसपछि एक युगको अन्त्य र नयाँ राजा बन्नासाथ नयाँ युगको शुरुवाता हुन्छ ।

जापान नयाँ युगमा प्रवेश गर्न लागेको घोषणा केही समय अघि गरिएको थियो । नारोहिता राजसिंहासनमा बसेसँगै जापानमा नयाँ युगको शुभारम्भ भएको छ । यस नयाँ युगको नाम रेइवा हो जो नारोहितोको शासनकालसम्म चल्ने छ ।

जापानको राजासँग कुनै राजनीतिक शक्ति हुँदैन तर उनलाई जापानका नागरिकले राष्ट्रिय प्रतिकको रुपमा हेर्छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ६ : २० बजे

राज्यको प्राथमिकतामा उद्यमशीलता : मन्त्री भण्डारी

काभ्रेपलाञ्चोक– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यामशीलताका लागि राज्यले

आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा (तस्बिरहरु)

काठमाडौं– ललितपुरको लेलेस्थित आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको

एभरेष्ट बैंकको कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन 

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले मंगलबार मायादेवी गाउँपालिका-१ पकडी कपिलवस्तुमा तौलिहवा

गर्मी बढेसँगै रगतको अभाव

चितवन– गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् ।