जापानी सम्राटको राज्याभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारी जापान जाँदै « Khabarhub

जापानी सम्राटको राज्याभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारी जापान जाँदै


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी दशैंपछि जापान भ्रमणमा जाने भएकी छिन् ।

राष्ट्रपति भण्डारी दशैंलगत्तै जापान जाने तयारी भएको राष्ट्रपति कार्यालय शितल निवास स्रोतले खबरहबलाई जानकारी दियो ।

जापानी सम्राट नारुहितोको राज्याभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यस तर्फ जान लागेकी हुन् ।

जापानी सम्राट नारोहितोको राज्याभिषेक कार्यक्रम अक्टोबर २२ (कात्तिक ५ ) गतेका लागि तय भएको छ ।

राष्ट्रपति भण्डारी नारोहितोको राज्याभिषेकमा सहभागी हुन अक्टोबर १६ (असोज २९ गते) म्यानमार हुँदै जापान प्रस्थान गर्ने र अक्टोबर २३ तारिख(कात्तिक ६ गते) स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय श्रोतले खबरहबलाई जानकारी दियो ।

१२६ औं सम्राट बनेर नारोहितो औपचारिक रुपमा जापानको सिंहासनमा बसिसकेका छन् । उनले मे १ मा जापानको सिंहासन सम्हालेका थिए ।

मे १ मा नै सिंहासनमा बसेका नारोहितोको राज्याभिषेक भएको थिएन । राज्याभिषेक कार्यक्रमका लागि विश्वका विभिन्न देशका राजा र राष्ट्र प्रमुखहरुलाई आमन्त्रण गरिएको छ ।

सम्राट अकिहिताले ‘क्राइसेथिमस थ्रोन(राजगद्दी)’ आफ्नो छोरा नारोहितोलाई हस्तान्तरण गरेका थिए ।

इम्पेरियल प्यालेसमा आयोजित पारम्परिक रीति रिवाजका बीचा नारोहितोलाई मुकुट पहिराइएको थियो भने उनलाई जापानको शाही खजानाको साचो हस्तान्तरण गरिएको थियो ।

जापानमा जब कोही राजा आफ्नो गद्दी त्याग्छन् त्यसपछि एक युगको अन्त्य र नयाँ राजा बन्नासाथ नयाँ युगको शुरुवाता हुन्छ ।

जापान नयाँ युगमा प्रवेश गर्न लागेको घोषणा केही समय अघि गरिएको थियो । नारोहिता राजसिंहासनमा बसेसँगै जापानमा नयाँ युगको शुभारम्भ भएको छ । यस नयाँ युगको नाम रेइवा हो जो नारोहितोको शासनकालसम्म चल्ने छ ।

जापानको राजासँग कुनै राजनीतिक शक्ति हुँदैन तर उनलाई जापानका नागरिकले राष्ट्रिय प्रतिकको रुपमा हेर्छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ६ : २० बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई