केकी अधिकारीसहित कलाकार चढेको गाडी दुर्घटना « Khabarhub

केकी अधिकारीसहित कलाकार चढेको गाडी दुर्घटना


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतको छायांकनका लागि रौतहट जाँदै गरेको अभिनेत्री केकी अधिकारी सहितका कलाकार चढेको गाडी दुर्घटनामा परेको छ ।

गीतको लागि छायाँकनका लागि रौतहट जाँदै गरेको बा २० च ५४१० नम्बरको स्कार्पियो भ्यान दुर्घटनामा परेको हो । भ्यान रौतहटको कटहरिया–१ स्थित बाटोबाट करीब ६ फिट तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनमा सबै सकुसल रहेको प्रहरीले जनाएको छ ।

गाडीमा निर्देशक पुर्नेन्दु झा, नायिका केकी अधिकारी, मोडेल रचना शिवाकोटी, फिल्म छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव, चालक सुजन पोखरेल सवार थिए । दुर्घटनामा केही सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको कटहरियामा सामान्य उपचार गराएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । सामाजिक सचेतना जगाउने गीत ‘घुङटामे कबले तु रहबु अधिकार अपन माङ हे बहुरिया’ लगायत ४ वटा बजिक्का भाषाका सचेतना गितको छायाँकनका लागि उनीहरु त्यहाँ पुगेका थिए ।

गीतको छायाँकन सोमबारदेखि ४ दिनसम्म कटहरिया, मौलापुर, फतुवा बिजयपुरलगायतका नगरक्षेत्रका विभिन्न स्थानमा हुने जनाइएको छ ।

दुर्घटनामा सामान्य घाइते भएकी केकी अधिकारीले फेसबुकमा स्टाट लेखेकी छिन् –’हिजो राति २ बजे तिर हामी छायांकनको लागि रौतहट जाने क्रममा सवारी दुर्घटनामा पर्यौ तर हामी सबै सकुशल छौँ । यहाँहरुको मायाको लागि धेरै धन्यवाद ।’

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ७ : ४० बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा