११ दिनपछि खुल्यो पासाङल्हामु राजमार्ग | Khabarhub Khabarhub

११ दिनपछि खुल्यो पासाङल्हामु राजमार्ग


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– गत भदौ २५ गतेदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग आइतबारबाट साँझबाट सुचारु भएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार पहिरो गएको स्थानमा ग्याबिन पर्खाल लगाई ११ दिनको प्रयासपछि आइतबार साँझबाट सवारी यातायात पुनः सञ्चालन गरिएको हो ।

छिटोछरितो राजमार्ग खुलाउन डिभिजन सडक कार्यालयले व्यवस्था गरेको मजदूरसहित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायतका सुरक्षा अङ्ग परिचालनबाट छिटोछरितो ग्याबिन पर्खाल लगाई राजमार्ग पुनः सञ्चालन गरिएको प्रजिअ भण्डारीले बताए ।

डिभिजन सडक कार्यालयको अगुवाइमा भएको राजमार्ग मर्मतमा सांसद मोहन आचार्यले ढुङ्गा फुटाल्ने ब्रेकर, एक्साभेटर, टिपर एक–एक थान सहयोग गरेका थिए ।

सुरक्षा अङ्गले ग्याबिन भर्ने कार्यमा मद्दत पु¥याउनाका साथै लहरेपौवा निवासी समाजसेवी राममणि आचार्यले स्थलगतरूपमा बसी रातको समयमा काम गर्ने वातावरणका लागि जेनेरेटरसहितको ठूलो पावरको बत्तीको व्यवस्था गरेको डिभिजन सडक कार्यालयका इन्जिनीयर सरोज कडरियाले जानकारी दिए ।

अवरुद्व राजमार्ग सञ्चालन गराउन २३ मिटर लम्बाइ र सडक सतहमा १२ मिटर उचाइको ग्याबिन पर्खाल लगाइएको प्राविधिकले बताएका छन् ।

राजमार्ग खुलेलगत्तै केरुङबाट सामान ल्याई रोकिएर बसेका सयौँ सवारी साधन अहिले आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको ट्राफिक प्रहरी इन्चार्ज शिवप्रसाद भट्टराईले जानकारी दिए ।

एघार दिनसम्म राजमार्ग बन्द हुँदा ट्राफिक राजश्वमा ह्र्रास आएको र रसुवामा ट्राफिक प्रहरीको जनशक्ति कम भए पनि मैलुङतर्फ र पासाङल्हामु राजमार्गमा अहोरात्र ट्राफिक व्यवस्थापन भइरहेको इन्चार्ज भट्टराईले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १० : १५ बजे

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४