इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना « Khabarhub

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने तयारी गरेको भन्दै त्यसको आलोचना गरेको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले शनिबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले इरानसँग आर्थिक कारोबार गर्ने अन्य देश, कम्पनी तथा वित्तीय संस्थालाई समेत अमेरिकी प्रतिबन्ध पालना गर्न बाध्य पार्न खोजेको आरोप लगाएका छन्।

उनले विदेशी बैंक, कम्पनी वा अन्य संस्थालाई इरानसँग व्यापार रोक्न बाध्य पार्ने अधिकार अमेरिकासँग नभएको बताउँदै यस्तो कदम संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौम समानताको सिद्धान्तविपरीत रहेको दाबी गरेका छन्।

अमेरिकाले इरानविरुद्ध अहिलेसम्मकै कडा आर्थिक कारबाही अघि बढाउने योजना बनाएको राष्ट्रपति ट्रम्पले बताए। उनले नयाँ अभियानलाई ‘उच्च स्तरको आर्थिक युद्ध’ को संज्ञा दिए।

इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले पनि अमेरिकी कदम कूटनीतिको मर्मविपरीत भएको टिप्पणी गरे।

अमेरिका र इरानबीच अन्तिम सम्झौताका लागि वार्ता गर्न तोकिएको ६० दिने समयसीमा सोमबार कुनै सम्झौताबिना समाप्त भएपछि दुई देशबीच तनाव पुनः बढेको हो। गत जुनमा दुवै पक्षले शत्रुता अन्त्य गर्दै वार्ताको वातावरण बनाउन अन्तरिम समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  ४ : ४९ बजे

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध