राजदूत बेरीद्वारा एमसीसी परियोजना संसदबाट पास गर्न प्रधानमन्त्री ओलीलाई आग्रह « Khabarhub

राजदूत बेरीद्वारा एमसीसी परियोजना संसदबाट पास गर्न प्रधानमन्त्री ओलीलाई आग्रह


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना संसदबाट पारित गरिदिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा आइतबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै राजदूत बेरीले द्विपक्षीय हितका साथै एमसीसी परियोजना संसदबाट पारित गरिदिन आग्रह गरेका हुन् ।

राजदूत बेरीले भेटमा चिनियाँ विदेशमन्त्री वाङ्ग यीको भ्रमणपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाइ उदृत गर्दै चीनले जारी गरेको विज्ञप्तीको विषयमा समेत चासो व्यक्त गरेको स्रोतको जानकारी दिएको छ।

अमेरिकाले एमसीसी परियोजनालाई संसदबाट पारित गर्न सरकारलाई आग्रह गरेपनि उक्त प्रस्ताव संसद सचिवालयमा पुगेर रोकिएको छ । प्रधानमन्त्रीसँगको भेटमा यसअघि भएका प्रतिवद्धताहरुको प्रगतिका बारेमा छलफल भएको अमेरिकी दूतावासले जनाएको छ ।

राजदूत बेरीले अमेरिका–नेपाल साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन गर्नुपर्ने कामहरूको बारेमा निरन्तर लागिरहने प्रतिवद्धता दोहोर्‍याएको दूतावासले जनाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दै राजदूत र्‍याण्डी बेरी

एमसीसी परियोजनामा अन्तरदेशीय विद्युत प्रसारण लाइन र सडक निर्माणको काम उल्लेख छ । यी निर्माण कार्यलाई अघि बढाउन जग्गा अधिग्रहणको काम एक वर्षभित्र सक्नुपर्ने छ भने परियोजना पाँच वर्षभित्र निर्माण गरिसक्नुपर्ने बाध्यकारी व्यवस्था राखिएको छ ।

काठमाण्डौको लप्सीफेदीबाट भारतको सीमावर्ती सुनौलीसम्म जोड्ने ३०० किलोमिटर लामो प्रसारण लाइन र ५ वटा सडकखण्ड स्तरोन्नति गर्ने उद्देश्य परियोजनाको रहेको छ । जसका लागि एक वर्षभित्र ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि तीनवटा सब–स्टेशन र टावरहरु निर्माण गरिने उल्लेख छ ।

यो परियोजना नेपालको इतिहासमै सबैभन्दा ठूलो परिमाणको वैदेशिक अनुदानका रुपमा रहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १० : ५८ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको