महिला क्रिकेटः फाइनलका लागि काठमाडौं र विराटनगर भिड्दै « Khabarhub

महिला क्रिकेटः फाइनलका लागि काठमाडौं र विराटनगर भिड्दै


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी वमन्स च्याम्पियन्स लिग (डब्ल्यूसीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज क्याट क्वीन्स काठमाडौं र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा बिहान साँढे ११ बजेबाट खेल शुरु हुनेछ । यो खेलको विजेताले उपाधिका लागि बिहीबार चितवन राहिनोजसँग खेल्नेछ । चितवनले लिग चरणमा चारै खेल जितेर सोझै फाइनलमा पुगेको थियो ।

राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको नेतृत्वमा रहेको काठमाडौंले लिगको पहिलो खेलमा पराजय ब्यहोरेको भएपनि त्यस यताका सवै खेलमा सफलता हात पार्दै आएको छ ।

उसले तीन खेलमा जित निकालेर ६ अंकसहित क्वालिफायरमा पुगेको हो । यता विराटनगर विराटनगरले शुरुवाती २ खेलमा प्रभावशाली जित हासिल गरे पनि त्यसयता २ खेलमा पराजित भएपछि ४ अंकसहित क्वालिफायरमा पुगेको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ६ : ०५ बजे

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका

लगनखेलको न्हु पोखरीसँग पार्क बन्ने

ललितपुर- ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा