वालेन डी’ओर अवार्ड छैटौं पटक चुम्ने दाउमा मेस्सी र रोनाल्डो (पहिलो चरणको सूचीसिहत) « Khabarhub

वालेन डी’ओर अवार्ड छैटौं पटक चुम्ने दाउमा मेस्सी र रोनाल्डो (पहिलो चरणको सूचीसिहत)


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यो वर्षको वालेन डी ओरको प्रारम्भिक सूचीमा सार्वजनिक भएको छ । जसमा ईङ्लिस क्लब लिभरपुलको दबदबा देखिएको छ । प्रारम्भिक ३० खेलाडीको सूचीमा लिभरपुलका ६ खेलाडी परेका छन् ।

यस्तै म्यान्चेष्टर सिटीका ५ खेलाडी सूचीमा छन् । यस्तै टोटेनहमका ह्युगो लोरिस र सन ह्युङ मिन समेत सूचीमा अटाएका छन् ।

पछिल्ला १० बर्षमा अवार्डमाथि दबाब राख्दै आएका रोनाल्डो र मेस्सी समेत प्रारम्भिक सूचीमा छन् । रोनाल्डो र मेस्सी दुबै छैटौं पटक यो अवार्डको उपाधि उचाल्ने दाउमा रहेका छन् ।

केही चर्चित खेलाडी भने प्रारम्भिक सूचीमा अटाएका छैनन् । गत सिजनका विजेता लुका मोड्रिचले पनि स्थान बनाउन सकेका छैनन् । त्यस्तै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार नेयमार, म्यान्चेष्टर युनाईटेडका पाउल पोग्बा र ईङ्लिस फरवार्ड ह्यारी केन प्रारम्भिक सूचीमै अटाउन सकेका छैनन् ।

गएराति सार्वजनिक गरेको पहिलो चरणको सूचीमा सर्जियो गुइरो, बेर्नान्डो सिल्भा, पिएरी एमिरिक, रोबेर्टो फेरमिन्हो, एसिलोन, ट्रेन्ट एलेजान्देर आर्नोल्ड, हुगो लोरिस,रियाद महरेज रहेका छन ।

यस्तै केलीयन एम्बाप्पे, रोबेर्ट लेवान्दोस्की, एन्टोनीयो ग्रिजम्यान, इडेन हाजार्ड, करिम बेन्जिमा, रहिम स्ट्रलिङ पनि पहिलो चरणमा स्थान बनाउन सफल भएका छन ।

पहिलो चरणको सूचीका को को परे ?

साडीयो माने, भिरगिर भान डायक, रोबेर्टो फरमिन्हो, ट्रेन्ट एलेजान्देर अर्नोल्ड, जिगगिन्हो विज्नाल्डम, माहम्मद सलाह (लिभरपुल)

सर्जियो अगुइरो,बर्नान्डो सिल्भा, केभिन डी ब्रुइन, रियाद महरेज, रहिम स्ट्रलिङ (म्यानचेस्टर सिटी)

फ्रेंकी डी जोङ, मार्क एन्द्रे तेर, लियोनल मेस्सी, एन्टोइन ग्रिजम्यान ( बार्सिलोना)

क्रिस्टियोनो रोनाल्डो, माटिज डी लिग्ट (युभेन्टस)

करिम बेन्जिमा, इडेन हाजार्ड (रियल मड्रिड)

जोओ फलिक्स (एट्लेटिको मड्रिड)

हुगो लोरिस, सन हुङ मिङ ( टोटनह्याम)

केलियन एम्बाप्पे, माक्विन्होस (पीएसजी)

डोनी भान डी बीक (आयाक्स)

कालीडोउ काउलीबाली (नापोली)

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ७ : ०६ बजे

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।