‘सक्किगोनि’ र ‘भद्रगोल’ लफडा: जिग्रीले भने – हामीले पनि चरित्रका लागि धेरै मेहनत गरेका छौँ « Khabarhub

‘सक्किगोनि’ र ‘भद्रगोल’ लफडा: जिग्रीले भने – हामीले पनि चरित्रका लागि धेरै मेहनत गरेका छौँ


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मिडिया हब र जेपिटी क्रियशनको व्यावसायिक विवाद प्रहरीसम्म पुगेपछि नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य श्रङ्खला ‘सक्किगोनि’ विवादमा तानिएको छ । मिडिया हबका सञ्चालक सोम धितालले ‘भद्रगोल’ का  पात्र, थेगो र परिवेश हुबहु कपी गरेको आरोप लगाए पनि ‘सक्किगोनि’ का कुमार कट्टेल (जिग्री) ले भने आफूहरुले आफ्नो चरित्र जहाँ पनि देखाउन पाउने र यो कलाकारको आफ्नो बौद्धिक सम्पत्ति भएको बताएका छन् ।

खबरहबसँगको कुराकानीका क्रममा कट्टेलले पात्रको चरित्रलाई लिएर मिडिया हबले कपीराइट गर्दै उजुरी हालेको खबर पाएको बताए । ‘उहाँहरुले उजुरी हाल्नुभएको रहेछ, हामीले उहाँसँग गरेको सम्झौता पत्रमा नै बकाइदा यी चरित्र हामीमा निहित हुने भनेर लेखिएको छ, खै उहाँले किन उजुरी गर्नुभएको हो,’ जिग्रीले भने ।

सम्झौता पत्रको बुँदा नम्बर १३ मा भनिएको छ, ‘भद्रगोलको कन्टेन्ट र भद्रगोलभित्रको सम्पूर्ण पात्रहरुको चरित्र दोस्रो पक्षमा निहित रहनेछ ।’

सम्झौता पत्रमा नै उल्लेख गरिएको विषयमा पनि उजुरी हालिएको कट्टेलले बताए । आफूहरुले सम्झौता गरेको समयसम्म इमान्दारिताका साथ गरेको जिग्रीको दाबी थियो । यता प्रहरीले आइतबार दुवै पक्षलाई कुराकानीका लागि बोलाएको थियो ।

‘यत्रो मेहनत गरेर चर्चित बनाएको पात्र त हाम्रो बौद्धिक सम्पत्ति होला नि, कानूनले पनि त्यही भन्छ होला, क्यारेक्टरका लागि धेरै मेहनत गरेका छौ‌ं, मुख बङ्गगाएका छौँ,’ जिग्रीले भने ।

सम्झौताअनुसार उक्त करारनामाको अवधि २०७६ असार मसान्तसम्म थियो । बुँदा नम्बर १६ मा भनिएको छ, ‘यस करारनामाको अवधि २०७४ श्रावण १ गतेदेखि २०७६ असार मसान्तसम्म रहनेछ । करारनामाको अगावै कुनै समस्या आएमा दुवै पक्षको आपसी सहमतिमा समाधान गरिने वा करारनामा खारेजी गर्न सकिनेछ ।’

यता जिग्रीले चरित्र भनेको व्यक्तिगत भएको र ती चरित्रसँग सीमित समयसम्म सम्झौता गरिएको बताए ।

‘हामीले प्रहरीलाई पनि यो सम्झौता पत्र देखायौँ, उहाँहरुले पनि कलाकारको सिर्जना हुनुपर्छ भन्नेमा चासो देखाउनुभएको छ, अब मुद्दा भयो भने हामीले पनि अदालतको आदेश मान्नैपर्छ,’ जिग्रीले भने, ‘यहाँ त समस्या के पनि हो भने भोलि अरुले पनि त्यो क्यारेक्टर गर्न नपाउने भन्ने हुने हो कि भन्ने हो, माग्ने बूढाले अब अरुतिर गर्न नपाउने भन्ने पो हो कि, उहाँले सोही भूमिकामा फिल्ममा त काम गर्नुभएकै छ ।’

निरन्तर गर्दै आएको मिडिया हाउससँग किन छुट्नुभएको हो भन्ने खबरहबको प्रश्नमा जिग्रीले भने – ‘मिडिया हबमा काम गर्ने वातावरण नै छैन, आफ्नै पारिश्रमिक माग्न पनि एपिसोड रोकेर रोइकराइ गरेर पैसा माग्नुपर्छ, त्यो पनि हामीले समयमा पैसा पाउँदैनौँ ।’

उनले अझै पनि मिडिया हबसँग आफूहरूको पारिश्रमिक लिन बाँकी रहेको बताए । ‘यस्तो ठाउँमा पनि हामीले काम गर्दैनौँ भन्दा नपाउनु भन्ने हुन्छ? हामीले त आफ्नो तरिकाले गर्न खोजेका न हौँ,’ उनले भने ।

‘सक्किगोनि’ विवादमा आएपछि कलाकारहरुले पनि कलाकार मारमा पर्न नहुने भन्दै आवाज उठाएका छन् । दीपकराज गिरीले लेखेका छन्, ‘पूर्व भद्रगोल र वर्तमान भद्रगोलबीच जुन भद्रगोल भएको छ, त्यो अत्यन्त दुखःद छ, कलाकारहरु अन्यायमा नपरुन् ।’

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  १२ : २८ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा