उपनिर्वाचनमा २६ हजार सुरक्षाकर्मी परिचालन गरिने « Khabarhub

उपनिर्वाचनमा २६ हजार सुरक्षाकर्मी परिचालन गरिने


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि सुरक्षा निकायले तयार गरेको एकीकृत सुरक्षा योजनालाई शुक्रबार परिमार्जनसहित पारित गरेको छ ।

कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा शुक्रबार बसेको उच्चस्तरीय सुरक्षा समितिको तेस्रो बैठकले सुरक्षा निकायबाट प्रस्तुत गरिएको उपनिर्वाचनसम्बन्धी एकीकृत सुरक्षा योजनालाई परिमार्जनसहित पारित गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको उपस्थितिमा उच्चस्तरीय सुरक्षा समितिका संयोजक निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालको अध्यक्षतामा बसेको बैठकमा सुरक्षाको समग्र अवस्थाबारे विश्लेषण गरी एकीकृत योजनालाई अन्तिमरूप दिइएको हो ।

बैठकपछि समितिका संयोजक रहनु भएका आयुक्त पौड्यालले भने, ‘‘सुरक्षा निकायबाट प्रस्तुत भएका सुरक्षा योजनामाथि पहिला हामीले केही सुझाव दिएका थियौं, सुरक्षा प्रबन्धलाई राम्रो, चुस्त बनाउने भन्ने थियो, त्यसमा आज पुनरावलोकन गरी आएकाले पारित गरिएको छ ।’

पहिलो बैठकमा एकीकृत सुरक्षा बैठकमा छलफल भएको थियो, दोस्रो बैठकमा गृह मन्त्रालय, रक्षा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागले आफ्नो सम्पूर्ण सुरक्षा योजना प्रस्तुत गरेका थिए ।

पारित सुरक्षा योजना अनुसार, संवेदनशील, अति संवेदनशील र सामान्य मतदान स्थलहरूको वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको छ । स्थलहरूको वर्गीकरण गृहले गरेको हो । वर्गीकरण गरिएका स्थलमा पर्याप्त सुरक्षा प्रबन्ध मिलाउने सन्दर्भमा कतिपय स्थलमा सुरक्षाकर्मी परिचालित भइसकेका छन् । केही स्थलमा दुई तीन दिनभित्र परिचालन भइसक्ने जानकारी उनले बताए ।

उपनिर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी छ हजार, सशस्त्र प्रहरी बल र नेपाली सेनाका १०–१० हजार गरी करिब २६ हजार सुरक्षाकर्मी परिचालन हुने छन् ।

आयुक्त पौड्यालले भने, ‘सुरक्षा सबै ठाउँमा चुस्त छ, उपनिर्वाचनमा आनन्द किसिमले मंसिर १४ गते बिहान ७ बजे आफ्नो मतदाता परिचयपत्र लिएर मतदान स्थान स्थलमा जान म मतदाताहरूलाई आग्रह गर्दछु । उपनिर्वाचन हुने क्षेत्रमा सुरक्षा सुदृढ छ, कुनै भय र त्रास छैन ।’

सबै क्षेत्रमा निर्वाचन सामग्री पुर्‍याउने कार्य जारी छ । आज प्रायः सबै ठाउँमा पुगिसक्छ । मतदान हुनुभन्दा तीन दिनअघिबाट मतदातालाई मतदाता परिचयपत्र वितरण हुने छ ।

पहिले परिचयपत्र लिइसकेका मतदाताले पुरानै मतदाता परिचयपत्र प्रयोग गर्नुपर्ने छ भने नयाँले मात्रै मतदाता परिचयपत्र पाउनेछन् । सुरक्षा अवस्था पर्याप्त छ भनेर गहृ सचिव र रक्षा सचिवले आयोगलाई आश्वस्त बनाएको उनले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ६ : १५ बजे

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा