चोट मुक्त भएर नेइमार खेलमा फर्किए « Khabarhub

चोट मुक्त भएर नेइमार खेलमा फर्किए


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चोट मुक्त भएर नेइमार खेलमा फर्किएका छन् । अक्टोबर यता पहिलो पटक मैदानमा उत्रिएका नेइमार ६५ मिनेटसम्म खेले ।

नेइमार मैदान फर्किएको खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले २-१ को सहज जित निकालेको छ ।

फ्रेन्च लिग वान फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा पिएसजीले लिलेलाई २–० ले पराजित गरेको छ । पिएसजीका लागि माउरो आइकार्डीले १७ औँ तथा एन्जल डी मारियाले ३१ औँ मिनेटमा गोल गरे । नेइमार यो खेलमा केही राम्रा अवसर सिर्जना गर्न सफल रहे ।

त्यसपछि उनको ठाउँमा केलियन एमबाप्पे आए । जितपछि शीर्ष स्थानको पिएसजीको ३३ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको मार्सेइलीको १३ खेलबाट २२ अंक भएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ७ : ०७ बजे

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित