युवाविहीन हुँदै सुदूरपश्चिमका गाउँघर « Khabarhub

युवाविहीन हुँदै सुदूरपश्चिमका गाउँघर


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- नेपालीको ठूलो चाड विजयादशमी र दीपावलीलगायतका चाडका बेला पूरै चहलपहल भएका सुदूरपश्चिमका गाउँ विस्तारै सुनसान बन्दै गएका छन् ।

दशैँ तिहार मनाउन जिल्ला बाहिर तथा विदेशबाट आफ्ना घर आएका स्थानीयवासी विस्तारै आफ्नो काममा फर्किनका लागि गाउँ छाड्न शुरु गरिसकेका छन् ।

उनीहरु फर्किन थालेसँगै यहाँका ग्रामीण बस्तीमा चहलपहल हुन छाडेको डोटीको जोरायल गाउँपालिकाका स्थानीय तथा शिक्षक निर्मल रावतले बताए । उनले भने, ‘परदेश गएका चाडबाडमा घर आएका कारण गाउँमा रमाइलो थियो, अहिले उनीहरु फर्किन थालेपछि यहाँका गाउँघर प्रायः सुनसान हुन थालेका छन् ।’

पढ्न शहर छिरेका र जिल्ला बाहिर जागीर गर्नेले पनि गाउँ छाड्न थालेसँगै गाउँ सुनसान हुन थालेका हुन् । आफ्नो काम गर्ने ठाउँमा जाने र पढ्न गएका विद्यार्थी पनि फर्किन थालेपछि जिल्लामा सञ्चालन हुने सवारीसाधनमा समेत चाप बढेको शैलेश्वरी यातायातका रुटपरमिट इञ्चार्ज प्रेम रावलले बताए ।

उनले भने, ‘शुक्रबार जिल्ला बाहिर फर्किनेका कारण यातयातका साधन भरिभराउ हुन थालेका छन्, हामीसँग पर्याप्त सवारीसाधन नहुँदा केही समस्या हुँदै आएको छ ।’ जिल्ला बाहिर फर्किनेको सङ्ख्या बढी हुन थालेपछि अहिले डोटीबाट बाहिरी जिल्लाका लागि गाडी पाउन सकस हुने गरेको यात्रु बताउँछन् ।

दशैँ र तिहारमा रमाइलो रहेका सुदूरपश्चिमका डडेल्धुरा, अछाम, बझाङ, बैतडी, दार्चुला, बाजुरा र डोटीका गाउँघरमा विस्तारै रौनक हराउन थालेको दिपायलका स्थानीय तथा सुदूरपश्चिम बस व्यवसायी समिति डोटीका प्रमुख दुर्गा पन्तले बताए ।

उनले भने, ‘घर फर्किएका स्थानीय गाउँ छोड्न थालेका छन्, यहाँका गाँउमा बालबालिका र वृद्धवृद्धामात्र हुने भए ।’ यहाँका गाउँघरमा पढ्न बजार छिरेका तथा रोजगारीका लागि जिल्ला बाहिर गएका स्थानीय प्रायः वर्षको एक पटक दशैँ तिहारको बेला मात्रै गाउँघर आउने गर्दछन् ।

दशैँका बेला सुनसान देखिएका यहाँका पहाडी जिल्लाका सदरमुकाममा भने अहिले चहलपहल शुरु भए भएको छ । दशैं र तिहार गाउँमात्र होइन सदरमुकामबाट बाहिरिनेको सङ्ख्या धेरै हुने हुँदा यहाँका सदरमुकाम केही हप्ता सुनसान रहेका थिए ।

अहिले भने यहाँका सदरमुकामका पसल, कार्यालय तथा सार्वजनिक स्थानमा एकाएक चहलपहल बढेको होटेल व्यवसायी सङ्घका अध्यक्ष दीपकबहादुर खड्काले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ७ : ३४ बजे

नसर्ने रोगको जोखिम कम गर्नुपर्नेमा जोड

काठमाडौँ– नेपालमा बढ्दो नसर्ने रोगको जोखिमलाई कम गर्न स्वास्थ्य सेवाको

गोरखा बाह्रकिलो बजारका घरटहरा हटाइयो

गोरखा– गोरखा नगरपालिका–११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका

सिंहदरबार गेटबाट अनेरास्ववियुका अध्यक्ष धामीसहित ७ जना पक्राउ

काठमाडौँ– सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले नेकपा

नुवाकोट-धादिङको गगटे क्षेत्रमा धान रोपाइँको चटारो (तस्बिरहरू)

नुवाकोट– नुवाकोट र धादिङको गल्छीबीच पर्ने गगटे क्षेत्रमा मनसुन सक्रिय

कर्णालीका मन्त्रीको सामूहिक राजीनामा

सुर्खेत– कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी सबै मन्त्रीले