नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का « Khabarhub

नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष टी–ट्वान्टी क्रिकेट र महिला टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

साग आयोजकले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार पुरुष टी–ट्वान्टी क्रिकेटमा नेपालले पहिलो प्रतिद्वन्दी टेष्ट राष्ट्र श्रीलङ्कालाई पाएको हो । नेपाल र श्रीलङ्काबीचको खेल यही मंसिर १७ गते हुनेछ ।

सागको पुरुषतर्फ विभिन्न पाँच टोली सहभागी छन् । यसमा नेपालसहित श्रीलङ्का, बङ्गलादेश, भूटान र माल्दिभ्स रहेका छन् । भारत र पाकिस्तान भने सहभागी छैनन् ।

त्यसैगरी नेपालले मंसिर १९ गते भूटानसँग दोस्रो खेल खेल्नेछ भने तेस्रो खेल २० गते माल्दिभ्सको सामना गर्नेछ । नेपालले अन्तिम खेल मंसिर २१ गते बङ्गलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टोलीले स्वर्ण पदकका लागि प्रतिस्र्धा गर्नेछन् । यस्तै तेस्रो र चौथो स्थानमा रहनेले कास्य पदकको लागि प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

त्यसैगरी आज नै सार्वजनिक गरेको महिला टी–ट्वान्टी क्रिकेटमा नेपालले पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स पाएको छ । विभिन्न चार राष्ट्र सहभागी उक्त प्रतियोगिताअन्र्गत नेपाल र माल्दिभ्सबीचको खेल मंसिर १६ गते हुनेछ । नेपालले दोस्रो खेल १८ गते बङ्गलादेशसँग खेल्नेछ भने मंसिर २० गते श्रीलङ्कासँग अन्तिम खेल खेल्नेछ ।

महिला क्रिकेटमा चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस खेलमा भारत, पाकिस्तान र भुटानले सहभागिता जनाएका छैनन् । राउण्ड रोबिनको आधारमा हुने महिला क्रिकेटको शीर्ष दुई टोलीले स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै तेस्रो र चौथो स्थानमा रहने टोलीले कास्य पदकका लागि भिड्नेछन् । उक्त प्रतियोगिताको खेल पोखरा रङ्गशालामा हुनेछ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  १ : ५३ बजे

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

भोजपुर– वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले भोजपुरको

विश्वकप फुटबल : भिएआर सुविधा कि विवाद ?

फिफा विश्वकप २०२६ अब अन्तिम चरणमा पुगेको छ। मैदानमा खेलाडीको

सिँचाइ सुविधासँगै आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि

पुनर्वास नगरपालिकाद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण

कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिकाले सशस्त्र प्रहरी बललाई विपद् उद्धार सामग्री

मेसीका लागि किन खास छ अर्जेन्टिनी टोली ?

काठमाडौँ – विश्वकप फुटबल २०२६ सकिनका लागि अब तीन खेल