ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको हो– देउवा « Khabarhub

ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको हो– देउवा


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पोखरा– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर नक्सा छापेको आरोप लगाएका छन् ।

पोखरामा शनिबार भएको चुनावी सभामा सभापति देउवाले ओलीसँग सल्लाह नगरी भारतले नक्सा छाप्नै नसक्ने दाबी गरेका हुन् ।

सओलीले यसअघि राष्ट्रवादको नाममा जनतालाई उल्लु बनाएर चुनाव जितेको भन्दै देउवाले ओलीको राष्ट्रवादले अहिले कालापानीमा घुँडा टेकेको बताए । देउवाले भने, ‘ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवाद भएको छ ।’

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको भन्दै दर्उवाले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो। सन्धीमै महाकाली पूर्व नेपाल उल्लेख छ। महाकालीको पानी पनि आधा हक लाग्छ ।’

उनले ओली सरकार राष्ट्रवादी सरकार नभएको र जताततै भ्रष्टार बढाउने काम सरकारले गरेको आरोपसमेत लगाए ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ३ : ५८ बजे

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल

तिलोत्तमा– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताएका छन् 

अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी

एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं- नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय स्वाधीनता,