‘सेल्फी किङ’सँग विराजको टक्कर « Khabarhub

‘सेल्फी किङ’सँग विराजको टक्कर


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेता विराज भट्टले पहिलो पटक निर्देशन गरेको फिल्म ‘साङ्लो’ पूर्व घोषित मितिभन्दा दुई हप्ता अगाडि नै प्रदर्शनमा आउने भएको छ ।

आउँदो फागुन ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको भएपनि फिल्म माघ २४ गतेबाट देशैभर प्रदर्शन हुने भएको छ । यो मितिमा यसअघि नै अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’छ ।

फागुन ९ मा ‘धुर्मुस सुन्तली’ को अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ आउने भएपछि विराजले ‘साङ्लो’ लाई दुई हप्ता अगाडि नै प्रदर्शन गर्न लागेका हुन् । अब, यो फिल्मको बक्सअफिसमा ‘सेल्फी किङ’ सँग भिडन्त हुनेछ ।

नयाँ प्रदर्शन मितिसहित शनिबार निर्माण टिमले ‘साङ्लो’ को नयाँ पोस्टर सार्वजनिक गरेको छ । जसमा विराज र नव-अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् ।

विराज र निकिताको जोडी बाँधिएको यो फिल्मको बिहीबार पहिलो गीत सार्वजनिक हुँदैछ । फिल्मले किड्नी तस्करीको कथा वाचन गर्ने बताइएको छ ।

छायांकनको क्रममा डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख छुट्याएपछि यो फिल्म विवादमा तानिएको थियो । छायांकन अगाडि विराजले प्राविधिक कुटेपछि पनि फिल्म विवादमा घेरिएको थियो ।

फिल्ममा प्रकाश शाह नेगेटिभ रोलमा छन् । यसअघि उनले फिल्म ‘लभ स्टेशन’ मा पनि भिलेनको भूमिका निभाएका थिए ।

मानकृष्ण महर्जन छायाँकार रहेको ‘साङ्लो’ मा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ । विराजले करीब ३ वर्षदेखि नेपाली फिल्ममा कमब्याक गर्दैछन् । उनी अभिनीत पछिल्लो फिल्म ‘जय परशुराम’हो ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ४ : ५१ बजे

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

गगनले त्यो दिन सम्झिँदै भने, ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्रै थुनेर आगो लगाइयो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो राजनीतिक संकटका क्रममा

मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी

काठमाडौं– अफ्रिकी मुलुक मोरक्कोबाट केही समयअघि सेउटा छिरेका दशौँ हजार