रोनाल्डोको टिम युभेन्टसलाई हराउँदै लाजिओले जित्यो उपाधि | Khabarhub Khabarhub

रोनाल्डोको टिम युभेन्टसलाई हराउँदै लाजिओले जित्यो उपाधि


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटली– इटालियन सुपर कप फुटबलको उपाधि लाजिओले जितेको छ ।

उपाधि भित्र्याउनका लागि लाजिओले युभेन्टसलाई पराजित गरेको थियो । साउदी अरेबियाको रियादमा आइतबार राति भएको खेलमा लाजिओले युभेन्टसलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो ।

युभेन्टसका फर्वार्ड क्रिष्टियानो रोनाल्डो, पाउलो डिबालासहितको युभेन्टसलाई लाजिओले पराजित गरेको हो । खेलमा शुरुवाती अग्रता लाजिओले गरेको थियो ।

खेलको १६ औँ मिनेटमा लुइस अल्बर्तोले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए । ४५ औँ मिनेटमा पाउलो डिबालाले युभेन्टसका लागि बराबरी गोल फर्काए । ७३ औँ मिनेटमा सेनाड लुलिकले गोल गरेपछि पुनः लाजिओले अग्रता लियो ।

इन्जुरी समयको तेस्रो मिनेटमा युभेन्टसका रोड्रिगो बेन्ताकुरले रातो कार्ड पाए । इन्जुरी समयको चौथो मिनेटमा डानिलो काताल्दीले लाजिओका लागि गोल गरे र टिमलाई ३–१ को जित दिलाए ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ७ : २७ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव