भगवान श्रीकृष्ण गाई, मयूरको प्वाँख र बाँसुरीको सन्निकटमा रहनुको रहस्य के हो ? « Khabarhub

भगवान श्रीकृष्ण गाई, मयूरको प्वाँख र बाँसुरीको सन्निकटमा रहनुको रहस्य के हो ?


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

भगवान श्रीकृष्ण द्वापरयुगका भगवान् हुन् । श्रीकृष्णलाई केही वस्तुहरु निकै प्यारा थिए ।  जुन वस्तुहरुबाट उनी कहिल्यै टाढा रहेनन् ।

भगवान श्रीकृष्णका लागि अत्यन्तै मनपर्ने वस्तुहरुमा गाई, मख्खन, मयूरको प्वाँख र बाँसुरी हुन् । आखिर भगवान श्रीकृष्णलाई यी चिज किन प्यारो भए त ?

बाँसुरी

भगवान श्रीकृष्णलाई बाँसुरी अत्यन्तै प्रिय छ । किनकी बाँसुरीमा तीन गुणहरु हुन्छन् । पहिलो बाँसुरी भित्र आँख्ला हुँदैन जसले संकेत गर्छ आफुभित्र कुनै गाठो वा आँख्ला झै भाव नराख्नुहोस् ।

अर्थात मनमा बदलाको भाव नराख्नुहोस् । दोश्रो बाँसुरी नबजाई आफै बज्दैन । यसले अनावश्यक बोल्न वा विचार राख्न नहुने संकेत गर्छ । र तेश्रो बाँसुरी बज्दा मधुर तथा मिठो बज्दछ ।

यसले जब हामी बोल्छौं तब मीठो बोल्नुपर्ने संकेत गर्छ । यतिधेरै गुण सम्पन्न बाँसुरी भगवान श्रीकृष्णलाई मात्र होइन अब सवैलाई नै प्यारो लाग्छ । त्यसैले श्रीकृष्ण भगवाले बाँसुरीलाई सधैँ आफ्नो साथमा राख्ने गर्दथे ।

गाई

भगवान श्रीकृष्णलाई गाई पनि अत्यन्तै मनपर्ने जनावर थियो । यसको कारण यो हो कि गाई सबै कार्यका लागी उदार तथा समस्त गुणयुक्त मानिन्छ ।

गाईको गहुँत, गोबर, दूध, दही र घ्युलाई पञ्चगव्य मानिन्छ । मान्यता अनुसार यी वस्तुको सेवन गर्नाले शरीरको भित्र कुनै पनि पाप रहँदैन ।

साथै गाईको मात्र प्रदक्षिणा गरी प्रणाम गर्नाले सबै पापबाट मुक्ति मिल्ने तथा अक्षय स्वर्ग प्राप्त हुने विश्वास गरिन्छ । तसर्थ भगवान् श्रीकृष्णलाई गाई पनि निकै प्यारो लाग्ने गर्दथ्यो ।

मयूरको प्वाँख

भगवान् श्रीकृष्णको टाउकोमा मयूरको प्वाँख सधैँ हुन्थ्यो । मयूरलाई चिर ब्रह्मचर्य युक्त प्राणी मानिन्छ ।

प्रेममा सदैव ब्रह्मचर्ययुक्त महान् भावनालाई समाहित गर्ने प्रतिकका रुपमा श्रीकृष्ण मयूरको प्वाँख धारण गर्ने शास्त्रमा उल्लेख गरिएको छ ।

श्रीकृष्णले मुकुटमा धारण गर्ने गाढा रंगको मयूरको प्वाँखले दुःख र कठिनाई निवारण गर्ने र फिक्का रंगको भए सुख, शान्ति र समृद्धिको प्रतिक मानिन्छ । त्यसैले श्रीकृष्णले मयूर प्वाँख प्रिय मानेर धारण गर्थे।

कमलको फूल

कमलको फूल भगवान् श्रीकृष्णको सवैभन्दा बढी मनपर्ने फूल थियो । यसको सुन्दरता र सुगन्धले सबैको मन मोहित पार्ने गर्दछ । कमलको फूल हिलोमा फुल्दछ र यसले हिलोबाटै पोषण लिने गर्दछ ।

तर फूल सधैँ हिलोबाट अलग अर्थात माथि रहने गर्दछ । त्यसैले कमललाई पवित्रताको प्रतिक मानिन्छ । साथै कमलले यो सकेंत गर्दछ कि हामीले कठिनाईमा बाँचेर पनि सांसारिक र आध्यात्मिक जीवनमा सुखपूर्ण बाच्न जान्नुपर्दछ । त्यसैले श्रीकृष्णलाई कमलको फुल प्यारो लाग्थ्यो ।

मख्खन र मिश्री

श्रीकृष्णलाई मख्खन र मिश्री अति प्रिय लाग्दथ्यो । मिश्रीको स्वाद मख्खनमा मिलाएपछि मख्खनको मिठास अझ बढ्दछ ।

मख्खन आफैमा पनि स्वाद र पोषणयुक्त हुन्छ जसलाई मिश्रीले झन् मिठासपूर्ण बनाउने गर्दछ । मिश्री मख्खनको कणकणमा घोलिएर मख्खनको प्रत्येक हिस्सालाई अमृत समान स्वादिलो बनाउँछ ।

मिश्रीयुक्त मख्खनले जीवन र व्यवहारमा प्रेमलाई अपनाउनु पर्ने सन्देश दिने गर्दछ । त्यसैले भगवान् श्रीकृष्णलाई मख्खर र मिश्री निकै प्रिय रहने गरेको शास्त्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ८ : ०१ बजे

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ