गुण्डागर्दी गरेको आरोपमा दुई पक्राउ « Khabarhub

गुण्डागर्दी गरेको आरोपमा दुई पक्राउ


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महानगरीय अपराध नियन्त्रण महाशाखाले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपुर देवचुलीका दुर्गा भनिने देवान राई र काभ्रे नमोबुद्ध नगरपालिकाका विष्णुबहादुर धिताल रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले बताए ।

उनका अनुसार उनीहरुले काठमाडौँ उपत्यकामा सर्वसाधारण मानिस तथा व्यापारीलाई फोनमार्फत धम्काई रकम माग गर्ने र नदिएमा हातहतियार देखाई ज्यान मार्ने तथा हातखुट्टा भाँचिदिने धम्की दिँदै आएका थिए ।

उनीहरुविरुद्ध उजुरीसमेत परेको जनाइएको छ । आइतबार पक्राउ परेका उनीहरुलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १० : ५० बजे

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिका– ७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई

कमैया मुक्तिको २६ वर्ष

कैलाली-  कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई