बसको ठक्करबाट घाइते पशुपति क्याम्पसकी विद्यार्थी पन्तको मृत्यु, चावहिल क्षेत्रमा तनाव « Khabarhub

बसको ठक्करबाट घाइते पशुपति क्याम्पसकी विद्यार्थी पन्तको मृत्यु, चावहिल क्षेत्रमा तनाव


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चावहिलस्थित पशुपति क्याम्पसमा बीबीएसमा अध्ययनरत २१ वर्षीया सृष्टि पन्तको बसले ठक्कर दिँदा मृत्यु भएपछि उक्त क्षेत्र तनावग्रत बनेको छ ।

भक्तपुर-काठमाडौं चल्ने बा४ख ५९२० नम्बरको बसले पन्तलाई ठक्कर दिएको थियो । त्यस लगत्तै उपचारका लागि ओम अस्पताल पुर्‍याइए पनि उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

गोरखा घर भएकी २१ वर्षीया पन्तलाई सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

विद्यार्थीलाई बसले ठक्कर दिएपछि आक्रोशित विद्यार्थीको समूहले काठमाडौं-भक्तपुर चल्ने बा ४ ख ७१०४ नम्बरमा आगजनी समेत गरेका छन् ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ११ : ११ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष