बसको ठक्करबाट घाइते पशुपति क्याम्पसकी विद्यार्थी पन्तको मृत्यु, चावहिल क्षेत्रमा तनाव « Khabarhub

बसको ठक्करबाट घाइते पशुपति क्याम्पसकी विद्यार्थी पन्तको मृत्यु, चावहिल क्षेत्रमा तनाव


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चावहिलस्थित पशुपति क्याम्पसमा बीबीएसमा अध्ययनरत २१ वर्षीया सृष्टि पन्तको बसले ठक्कर दिँदा मृत्यु भएपछि उक्त क्षेत्र तनावग्रत बनेको छ ।

भक्तपुर-काठमाडौं चल्ने बा४ख ५९२० नम्बरको बसले पन्तलाई ठक्कर दिएको थियो । त्यस लगत्तै उपचारका लागि ओम अस्पताल पुर्‍याइए पनि उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

गोरखा घर भएकी २१ वर्षीया पन्तलाई सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

विद्यार्थीलाई बसले ठक्कर दिएपछि आक्रोशित विद्यार्थीको समूहले काठमाडौं-भक्तपुर चल्ने बा ४ ख ७१०४ नम्बरमा आगजनी समेत गरेका छन् ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ११ : ११ बजे

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ