सभामुख चयन र एमसीसीका बारेमा ओली, प्रचण्डबीच दुई घन्टा लामो छलफल | Khabarhub Khabarhub

सभामुख चयन र एमसीसीका बारेमा ओली, प्रचण्डबीच दुई घन्टा लामो छलफल


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच भेटवार्ता भएको छ ।

सोमबार विहान प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

बालुवाटार स्रोतका अनुसार भेटमा स्थायी कमिटीको आइतवार सकिएको बैठक, मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी), सभामुख चयन लगायका विषयमा कुराकानी भएको हो ।

‘दुई अध्यक्षबीच समाभुख चयन, एमसीसी र स्थायी कमिटी बैठकका बारेमा छलफल भएको छ’ स्रोतले भन्यो,‘विशेष गरि सभामुख चयनमा भेट केन्द्रीत भएको थियो ।’

संसदको हिँउदे अधिवेशन शुरु भएसँगै नयाँ सभामुखको चयन गर्नुपर्ने भएको छ । उपसभामुख शिवमाया तुम्वाहाङफेलाई राजीनामा गराएर नेकपाले सभामुख चयनको तयारी गरेको छ । नेकपाले सभामुख सुवास नेम्वाङलाई बनाउने तयारी गरेको स्रोतको दावी छ ।

दुई घन्टा लामो छलफलका क्रममा सभामुख चयन, शिवमायाको व्यवस्थापन लगायको विषयमा छलफल भएको थियो । प्रचण्डले अग्नी सापकोटालाई सभामुखको रुपमा अघि सार्न खोजेपनि ओली भने नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् ।

दुई नेताबीच एमसीसीका बारेमा पनि छलफल भएको छ । स्थायी कमिटी बैठकले एमसीसीबारे निर्णय गर्ने जिम्मा सचिवालयलाई दिएपछि दुई अध्यक्ष यसको गृहकार्यमा जुटेका हुन् ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १२ : ०० बजे

परिषद्को संरचनागत सुधार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल

ऊर्जा विकासमा १२ वर्षभित्र ६१ खर्ब रुपैयाँ आवश्यक, लगानी कसरी जुटाउने ?

काठमाडौं । नेपालले सन्‌ २०३५ भित्र कम्तिमा २८ हजार ५००

नेपालले दोस्रो विकेट गुमायो, कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले दोस्रो विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल

बझाङमा ४० प्रतिशत मतदान  

बझाङ– बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन

मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु

काठमाडौं– भारको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय