सभामुख चयन र एमसीसीका बारेमा ओली, प्रचण्डबीच दुई घन्टा लामो छलफल « Khabarhub

सभामुख चयन र एमसीसीका बारेमा ओली, प्रचण्डबीच दुई घन्टा लामो छलफल


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच भेटवार्ता भएको छ ।

सोमबार विहान प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

बालुवाटार स्रोतका अनुसार भेटमा स्थायी कमिटीको आइतवार सकिएको बैठक, मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी), सभामुख चयन लगायका विषयमा कुराकानी भएको हो ।

‘दुई अध्यक्षबीच समाभुख चयन, एमसीसी र स्थायी कमिटी बैठकका बारेमा छलफल भएको छ’ स्रोतले भन्यो,‘विशेष गरि सभामुख चयनमा भेट केन्द्रीत भएको थियो ।’

संसदको हिँउदे अधिवेशन शुरु भएसँगै नयाँ सभामुखको चयन गर्नुपर्ने भएको छ । उपसभामुख शिवमाया तुम्वाहाङफेलाई राजीनामा गराएर नेकपाले सभामुख चयनको तयारी गरेको छ । नेकपाले सभामुख सुवास नेम्वाङलाई बनाउने तयारी गरेको स्रोतको दावी छ ।

दुई घन्टा लामो छलफलका क्रममा सभामुख चयन, शिवमायाको व्यवस्थापन लगायको विषयमा छलफल भएको थियो । प्रचण्डले अग्नी सापकोटालाई सभामुखको रुपमा अघि सार्न खोजेपनि ओली भने नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् ।

दुई नेताबीच एमसीसीका बारेमा पनि छलफल भएको छ । स्थायी कमिटी बैठकले एमसीसीबारे निर्णय गर्ने जिम्मा सचिवालयलाई दिएपछि दुई अध्यक्ष यसको गृहकार्यमा जुटेका हुन् ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १२ : ०० बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको