बेचबिखनमा परेका पीडित न्याय पाउनबाट बञ्चित « Khabarhub

बेचबिखनमा परेका पीडित न्याय पाउनबाट बञ्चित


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव बेचबिखनमा परेका पीडित न्याय पाउनबाट बञ्चित रहेको आफन्त नेपालले गरेका एक अध्यननले देखाएको छ ।

आफन्तले मानव बेचबिखन पीडित केन्द्रीत वैज्ञानिक अन्तरवार्ता स्रोत सामाग्री पुस्तिकामा मानव बेचबिखनमा परेका पीडितले न्यायका लागि सरकारको आस गर्ने छाडेको उल्लेख गरेको छ ।

देशभर करिब १० हजारको हाराहारीमा मानव बेचबिखन पीडित भएपनि कानूनी उपचारका लागि करिब ३ सय मुद्दा मात्र दर्ता हुने गरेको पुस्तिकामा खुलाइएको छ । यसरी मानव बेचबिखनमा परेका पीडित इज्वत जाने डरले प्रशासनसम्म नपुग्ने गरेको पुस्तिकाले औल्याएको छ ।

सरकारले मानव बेचबिखन पीडितलाई उचित न्याय र दोषीलाई कारवाही गर्ने महिला, वालबालिका तथा ज्येष्ट नागरिक मन्त्री पर्वत गुरुङले बताएका छन् ।

मानव बेचबिखन भइरहेको घटनाप्रति सरकार गम्भीर भएर काम गरिरहेको छ । आगामी दिनमा विभिन्न सरकार र गैरसरकारीसँग मिलेर अभियान चलाउने उनको भनाइ छ ।

मानव बेचबिखनमा परेका पीडित दैनिकमा समस्या उत्पन्न हुने गरेको आफन्त नेपालमा निर्देशक इन्द्रराज भट्टराईले बताएका छन् । राज्य अन्जानमा मानव बेचबिखनमा परेका पीडितलाई रोजगारी, शिक्षा र स्वास्थ्यका लागि विषेश व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

आफन्तले मानव तस्करीमा परेका पीडितलाई अभिमुखिकरण तालिम, लैगिक समानतामा, सिमा अनुगमन र मानव बेचबिखनमा विरुद्धमा आवाज उठाउदै आएको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १ : ३९ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने