काठमाडौंमा शंकास्पद गतिविधि गर्ने ७८ विदेशी पक्राउ– पक्राउ पर्नेमध्ये चिनियाँ नागरिक धेरै « Khabarhub

काठमाडौंमा शंकास्पद गतिविधि गर्ने ७८ विदेशी पक्राउ– पक्राउ पर्नेमध्ये चिनियाँ नागरिक धेरै


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्यटक भिसामा नेपाल आएर शंकास्पद गतिविधि गरेको अभियोगमा प्रहरीले करिब ७८ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

केही चिनियाँ नागरिकहरु बैंक ह्याकिङ गर्ने योजनाका साथ सक्रिय रहेको सूचनाका आधारमा काठमाडौंका विभिन्न क्षेत्रमा खानतलासीमा जुटेको प्रहरीले सोमबार दिउँसोसम्म करिब ७८ जना विदेशीलाई पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहानदेखि काठमाडौंका मनमैजु, बाँसबारी, ठमेललगायत क्षेत्रमा खानतलासी शुरु गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अहिले पनि खानतलासीको काम जारी रहेको जानकारी दिए ।

‘पर्यटक भिसामा नेपाल आएका विदेशीहरु शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खानतलासी शुरु गरिएको हो । अहिले पनि छापा हान्ने क्रम जारी छ,’ एसएसपी सुवेदीले भने ।

खबरहबको सम्पर्कमा आएका महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले पक्राउ पर्ने मध्ये अधिकांश चिनियाँ नागरिक भएको बताए ।

‘उनीहरु फेरि पनि नेपालमा बैंक ह्याक गर्ने तथा अन्य अवैध गतिविधिमा संलग्न रहेको सूचना केही हप्ता अगाडि आएको थियो,’ खबरहबको सम्पर्कमा आएका काठमाडौं प्रहरीका अधिकारीले भने, ‘केही दिनको अनुसन्धानबाट उनीहरु बस्ने ठाउँ पत्ता लागेर खानतलासी शुरु गरिएको हो ।’

प्रहरीले गत असोज महिनामा मात्रै नेपाली बैंकका एटीएम ह्याक गरी रकम लुटिरहेको अवस्थामा केही चिनियाँहरुलाई पक्राउ गरेको थियो ।

एटीएम ह्याक गरी रकम लुटपाटमा संलग्न चिनियाँहरु अहिले बैंकिङ कसुर तथा संगठीत अपराधअन्तर्गत मुद्दाको पुर्पक्षका लागि जेलमा छन् ।


बाँसबारीको शंकास्पद घरमा प्रहरीको छापा, बैंक ह्याक गर्ने अर्को ‘चिनियाँ गिरोह’ पक्राउ

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ३ : ०८ बजे

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को