४ किलो यार्सा गुम्बासहित काठमाडौंबाट ३ जना पक्राउ « Khabarhub

४ किलो यार्सा गुम्बासहित काठमाडौंबाट ३ जना पक्राउ


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहुमूल्य जडिबुटी यार्सा गुम्बासहित २ भारतीय र १ नेपाली गरी ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय राज्य उत्तराखण्डको चमौली जिल्लाको जोशीमठ घर भएका ३२ वर्षीय हरिश सिंह पावर तथा सोही ठाउँकै प्रेमसिंह रावत तथा दार्चुलाको दुहु गाउँपालिका–५ घर भएका ४८ वर्षीय गजैसिंह महरा छन् ।

प्रहरीका अनुसार उनीहरुले भारतीय नम्बर प्लेट युके–०४–टीबी–१९६७ नम्बरको कारमा लुकाइछिपाइ अवैध रुपमा ४ किलो यार्सा गुम्बा काठमाडौंतर्फ ल्याइरहेका थिए ।

प्रहरीले काठमाडौंको नागढुङ्गा चेक प्वाइन्टमा चेक जाँच गर्ने क्रममा ४ किलो यार्सा गुम्बा फेला पारेको हो ।

उनीहरुले कारमा पानीको बोत्तल राख्न बनाइएको कभरमुनि फल्स बटन बनाएर ३२ पोकामा ४ किलो १ सय १३ ग्राम यार्सा लुकाएर राखेका थिए ।

प्रहरीले पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौंको जिम्मा लगाएको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ६ : ४० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना