सेवाग्राहीसँग घुस लिएको आरोपमा असईविरुद्ध विशेष अदालतमा मुद्दा « Khabarhub

सेवाग्राहीसँग घुस लिएको आरोपमा असईविरुद्ध विशेष अदालतमा मुद्दा


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक दाहालले सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएको र घुस मागेको अख्तियारले जनाएको हो ।

आयोगका अनुसार प्रहरी सहायक निरीक्षक दाहालले खाद्य सामग्री ओसारपसार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु सात हजार घुस लिएको आरोप लागेको छ ।

आयोगले आरोपी दाहाललाई केही दिन पहिले घुस लिँदालिँदै विराटनगरबाट थलोमा नै पक्राउ गरेको थियो । आरोपी दाहालविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

त्यस्तै आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएको अभियोगमा बर्दियाका शिक्षक इन्द्रप्रसाद भट्टराईविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले गोकर्णेश्वर–५ का वडा सचिव दिनेश बाँस्कोटाविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीको घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु २५ हजार घुस लिएको अभियोग लागेको छ । आयोगले खरिदार बाँस्कोटालाई घुस लिँदै गरेको अवस्थामा थलोमा नै पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ८ : ०७ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा