हत्या संलग्न २ जना पक्राउ « Khabarhub

हत्या संलग्न २ जना पक्राउ


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ मा एक हप्ताअघि हर्कबहादुर भण्डारीको हत्या घटनामा संलग्न भएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बैतडीको दशरथचन्द नगरपालिकाका ४५ वर्षीय भण्डारीको हत्या घटनामा संलग्न कञ्चनपुर जिल्ला देखतभूली गाउँका २४ वर्षीय पुन्टु भनिने गणेश भाट र कैलाली जिल्ला गोदावरी नगरपालिकाका २३ वर्षीय गोविन्द आउजीलाई पक्राउ गरिएको प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए।

यही चैत २ गते गोदावरी नगरपालिका–४ को खैराना गाउँ जाने सडकमा टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको अवस्थामा भण्डारीको शव फेला परेको थियो । भण्डारीको साथमा रहेको रकम लुट्नका लागि खैराना जङ्गल छेउको सडकमा पुर्‍याएर निजको हत्या गरिएको हुनसक्ने प्रहरी उपरीक्षक तिम्सिनाले बताए। हत्या गर्नुअघि स्थानीय बस बिसौनी नजिकको एक होटलमा उनीहरुले सँगै मदिरा सेवन गरेको बताइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ११ : ३२ बजे

लम्पी स्किन रोग तराई हुँदै हिमाली जिल्लामा फैलियो

काठमाडौँ – गर्मीयाम सुरु भएलगत्तै देशभरि लम्पी स्किन रोगको प्रकोप

पाथीभरा मन्दिरको रकम गोलमोल सम्बन्धमा छानबिन समिति गठन

इलाम – इलामको रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिरमा धर्मावलम्बीले दान

भारतको ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’ बाट दर्जन बढी नेपाली सम्मानित

काठमाडौँ – भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’बाट दुई दर्जन

पर्यटनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको पर्यटन क्षेत्रलाई

अमेरिकाद्वारा चिनियाँ सामानको आयात कटौती

एजेन्सी – अमेरिकाले चिनियाँ सामानको आयात ह्वात्तै घटाएको छ ।