हत्या संलग्न २ जना पक्राउ « Khabarhub

हत्या संलग्न २ जना पक्राउ


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ मा एक हप्ताअघि हर्कबहादुर भण्डारीको हत्या घटनामा संलग्न भएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बैतडीको दशरथचन्द नगरपालिकाका ४५ वर्षीय भण्डारीको हत्या घटनामा संलग्न कञ्चनपुर जिल्ला देखतभूली गाउँका २४ वर्षीय पुन्टु भनिने गणेश भाट र कैलाली जिल्ला गोदावरी नगरपालिकाका २३ वर्षीय गोविन्द आउजीलाई पक्राउ गरिएको प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए।

यही चैत २ गते गोदावरी नगरपालिका–४ को खैराना गाउँ जाने सडकमा टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको अवस्थामा भण्डारीको शव फेला परेको थियो । भण्डारीको साथमा रहेको रकम लुट्नका लागि खैराना जङ्गल छेउको सडकमा पुर्‍याएर निजको हत्या गरिएको हुनसक्ने प्रहरी उपरीक्षक तिम्सिनाले बताए। हत्या गर्नुअघि स्थानीय बस बिसौनी नजिकको एक होटलमा उनीहरुले सँगै मदिरा सेवन गरेको बताइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ११ : ३२ बजे

दोलखामा गर्माउँदै चुनावी माहौल, कांग्रेसका शिवाकोटीलाई पहिलो अवर

दोलखा– दोलखामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी

माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी

कैलाली– यहाँको कैलारी गाउँपालिका-५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट

जब सुदन गुरुङले भीमसेन थापालाई ‘मतियार’ भने…

काठमाडौं- गत भदौ २३ गते माइती घरबाट जेन-जी आन्दोलन सुरू

फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम

दमौली– फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

भारतमा निपाह बढ्दै गएपछि नेपालले जारी गर्‍यो आपतकालीन स्वास्थ्य निर्देशिका

काठमाडौं– भारतका केही राज्यमा निपाह भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा