खर्च करोडौं : रंग उडेको नेपालगञ्ज रंगशाला ! | Khabarhub Khabarhub

खर्च करोडौं : रंग उडेको नेपालगञ्ज रंगशाला !



नेपालगञ्ज– पाँच नम्बर प्रदेशमा जारी आठौं राष्ट्रिय खेलकुदको व्यवस्थापनमा अस्तव्यस्तता तथा पूर्वाधार निर्माणमा भएको ढिलाई कारण कतिपय खेलहरु तोकिएको मैदानमा हुन सकेनन् । पौडीको प्रतिस्पर्धा होटेलको पौडी पोखरीमा गरियो, समूह चरणका फुटबल लगायतका केही खेल विद्यालय तथा कलेजका मैदानमा भए ।

खेल खेलिरहँदा खेल मैदानमा खेलाडीले पाएका दुःख र कष्टका कथा- व्यथा अनेक देखिए । त्यो भन्दा पनि आठौं राष्ट्रिय खेलको उद्घाटन तथा समापन स्थल नेपालगञ्ज रंगशालाको अझ बढी चर्चा छ ।

करोडौं खर्च गरी निर्माण गरिएको यो रंगशालामा गत विहीबार उद्घाटन कार्यक्रम भएको थियो भने मंगलबारबाट (आज) बल्ल खेल हुँदैछन् । सेमिफाइनल र फाइनल खेल यो रंगशालामा खेलाइने कार्यतालिका छ । आज समिफाइनलका दुई खेल हुँदै गर्दा अझै पनि खेल मैदानको सम्पूर्ण काम सकिएको छैन ।

मैदान व्यवस्थापनको जिम्मेवारी एन्फाका मैदान व्यवस्थापक दिलीप रजकको टोलीलाई दिइएको थियो । उनी आइतबार साँझदेखि मैदानमा खटिसकेका थिए ।

मैदानको अवस्था देख्दा फाइनल खेल अगावै ध्वस्त हुने आशंका समेत उब्जिएको छ । किनकी मैदानमा दुबोका जरा ल्याएर रोपेको नभइ निश्चित क्षेत्रफल भएको दुबोको चपरा ल्याएर विछ्याइएका छन् ।

उक्त चपराहरु विछ्याइसकेपछि अहिले मैदान हरियो देखिए पनि ठाउँ–ठाउँमा पहेंलो र केही ठाउँमा त दुबो कुहिसकेको अवस्था समेत छ । तर, राखेपले मैदानको जिम्मेवारी दिएका प्राविधिक इन्जिनियर विश्वामित्र सञ्ज्याल तीन खेलका लागि मैदान तयार भइसकेको दावी गर्छन् ।

‘फुटबलमा दुई किसिमको टर्फ हुन्छ । एउटा नेचुरल र अर्को आर्टिफिसियल टर्फ । यो नेचुरल टर्फ भएकाले केही हुँदैन । हामीले सबै कुरा हेरेका छौं,’ राखेपका प्राविधिक सञ्ज्यालले दुबो बारे बोल्दै भने,‘मैदानको काम अझै पनि सकिएको छैन् । यो प्रतियोगिता हुँदै केही भइहाल्यो भने ठेकेदार कम्पनीले जिम्मेवारी लिन्छ ।’

यता, मैदानमा ब्रमुडा जातको दुबो लगाएको बताएपछि खबरहबले नेपालका घाँस विशेषज्ञ दीपक घिमिरेसँग ब्रमुडा घाँसबारे जानकारी लिँदा उक्त दुबो नेपालगञ्ज लगातयतका ठाउँका लागि उपयुक्त हुने बताए ।

उनले भने, ‘नेपालगञ्ज लगायत तराईका लागि यो दुबो उपयुक्ता हुन्छ । किनकी यो सुख्खा ठाउँमा हुन्छ । केही समय पहेंलो हुने भएपनि विस्तारै ठिक हुन्छ । जरा लागिसकेको अवस्थामा पानी हाल्दै गर्दा दुबो हरियो बन्छ ।’

घिमिरेले यसो भनिरहँदा मैदानमा दुबो लगाएर उमारेको नभइ चपरा ल्याएर विछ्याइएका कारण त्यो सेट हुन नपाउँदै १ सय ८० मिनेटभन्दा बढी त्यसमा खेलाडी दौडिएपछि लगाइएका चपराहरु निस्किन्छन् कि भन्ने चिन्ता सबैमा देखिन्छ ।

खेल खेलाउनु अगाडि नै टाढाबाट हेर्दा मैदानमा दुबो हरियो देखिए पनि केही ठाउँमा दुबो पहेंलो भइसकेको छ भने कति ठाउँको दुबो कुहिसकेको छ ।

मैदानकै लागि भनेर राखेपले ४० लाख बजेट छुटाएको थियो । टेन्डर पनि भयो । ठेक्का पायो सुनकोसी कन्स्ट्रक्सनले । समयमा सामान ल्याउन नसकेपछि पूर्वाधा निर्माणमा ढिलाइ गरेको थियो ।  दुबो रोप्ने काम चैत १५ पछिमात्रै सकिएको ठेकेदार कम्पनी सुनकोसी कन्स्ट्रक्सनका प्रतिनिधि गणेश आचार्यले बताए ।

‘हाम्रो काम लगभग सकिइसकेको छ । अब यो प्रतियोगिता लगत्तै हामीले राखेपलाई हस्तान्तरण गर्छौं । मैदानका लागि दुबो ल्याउन समय लागेका कारण केही समय ढिलाइ भएको हो । तर, पनि हामीले चैत्रमै काम सकाएका थियौं,’ आचार्यले भने,‘ अहिले मैदानको दुबो सुके जस्तोमात्रै देखिने हो । कुहिएको छैन् । तर, राखेपलाई जिम्मा लगाउँदा मैदान हरियो बनाएर बुझाउँछौं ।’

दुबो सुकेको स्वीकारेका आचार्यले मैदानमा दुबो नकुहिएको दावी गरे ।

नेपालगञ्जमा राष्ट्रिय  खेल हुँदा यहाँका स्थानीय खुशी र उत्साहित देखिए पनि व्यवस्थापन र खेल मैदानका कारण दर्शक समेत निरुत्साहित हुने अवस्था छ ।

‘बाहिर जे जस्तो दखिए पनि खेल मैदान राम्रो छ । कुनै शंका नगर्नुस्,’ प्राविधिक सञ्ज्यालले भने,‘मैदानको अझै ३० प्रतिशत काम बाँकी छ । यो दुबो हरियो नभए हामीले मैदानको जिम्मा लिने कुरा हुँदैन् ।’

आठौं राष्ट्रिय खेलकुदका लागि बनाइएका भौतिक पूर्वाधारका सामाग्री कुनै पनि सही तरिकाले सम्पन्न हुन सकेका छैनन् ।

यतिबेला नेपालगन्ज पुग्ने खेलप्रेमीहरुले राखेपलाई प्रश्न गर्न थालेका छन् ‘नेपालगञ्ज रंगशाला खेल खेलाउनका लागि कि राष्ट्रपति र प्रधानमन्त्रीलाई उभ्याउनका लागि मात्रै ? राज्यकोषको यसरी दुरुपयोग गर्न मिल्दैन।’

एक त तराईको गर्मी, त्यसमाथि अव्यस्थित खेल मैदान । लाखौं लगानी गरेर बनाइएका यस्ता भौतिक पूर्वाधारको अवस्था अत्यन्तै नाजूक बन्नुको जिम्मेवार को ? अनि खेलाडीबाट कसरी उत्साहप्रद प्रदर्शनको अपेक्षा गर्ने ? प्रश्न गर्ने अनेक ठाउँ छन् । सम्बन्धित तथा जिम्मेवार नियाकले यी तमाम प्रश्नको उत्तर दिनसक्ने आँट गर्नुपर्छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ७ : २२ बजे

आइएसएसआर नीति बहस : बजेट आकारदेखि युवा पलायनसम्मका समस्या मन्थन

काठमाडौं – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसिओ–इकोनोमिक रिसर्च (आइएसएसआर) र

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको