आठौं राष्ट्रिय खेलकुद : त्रिभुवन आर्मी पुरुष फुटबलको फाइनलमा « Khabarhub

आठौं राष्ट्रिय खेलकुद : त्रिभुवन आर्मी पुरुष फुटबलको फाइनलमा


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नेपालगञ्ज– नेपाली सेनाको त्रिभुवन आर्मी क्लब आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार बिहान नेपालगञ्ज रंगशालामा भएको सेमिफाइनलको पेनाल्टी शूटआउटमा प्रदेश नम्बर ५ लाई ३–१ ले हराउँदै आर्मी फाइनल प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल नतिजाका लागि पेनाल्टी शूटआउटमा गएको थियो ।

९० मिनेटको खेलको पहिलो हाफमै त्रिभुवन आर्मीले २–० ले अग्रता लिएको थियो । प्रदेश नम्बर ५ का दिपेन्द्रसिंह ठकुरीले आफ्नै गोलपोस्टमा गोल गरेपछि आर्मीले १–० ले अग्रता लिएको थियो । त्यसपछि खेलको ३३ मिनेटमा आर्मीका दिप लामाले गोल गरेर आर्मीलाई २–० को अग्रता दिलाए ।

प्रदेश नम्बर ५ का विनोद केसीले दोस्रो हाफमा प्राप्त २ ओटा पेनाल्टीको अवसरलाई गोलमा परिणत गरेपछि खेल बराबरीमा सकिएको थियो ।

पेनाल्टी शूटआउटमा नेपाली सेनाका नवयुग श्रेष्ठ, सन्तोष तामाङ र विवेक बस्नेतले १–१ गोल गरे । आर्मीका जितेन्द्र कार्की र दीपक गुरुङले गोल गर्न सकेनन् ।

प्रदेश नम्बर ५ का कृष्ण बस्नेतले मात्रै पेनाल्टीमा गोल गर्न सके । दिपेनसिंह ठकुरी, चेतन चौधरी र विवेक पुनले पेनाल्टीमा गोल गर्ने अवसर गुमाए ।

पुरुष फुटबलको फाइनल खेल बुधबार हुने छ । मंगलबार साँझ हुने अर्को सेमिफाइनल खेलका विजेता र त्रिभुवन आर्मीबीच बुधबार फाइनलमा भिडन्त हुने छ ।

मंगलबार साँझ फाइनल प्रवेशका लागि विभागीय टोली नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफबीच प्रतिस्पर्धा हुने छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ११ : १६ बजे

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६