आठौं राष्ट्रिय खेलकुद : त्रिभुवन आर्मी पुरुष फुटबलको फाइनलमा « Khabarhub

आठौं राष्ट्रिय खेलकुद : त्रिभुवन आर्मी पुरुष फुटबलको फाइनलमा


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नेपालगञ्ज– नेपाली सेनाको त्रिभुवन आर्मी क्लब आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार बिहान नेपालगञ्ज रंगशालामा भएको सेमिफाइनलको पेनाल्टी शूटआउटमा प्रदेश नम्बर ५ लाई ३–१ ले हराउँदै आर्मी फाइनल प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल नतिजाका लागि पेनाल्टी शूटआउटमा गएको थियो ।

९० मिनेटको खेलको पहिलो हाफमै त्रिभुवन आर्मीले २–० ले अग्रता लिएको थियो । प्रदेश नम्बर ५ का दिपेन्द्रसिंह ठकुरीले आफ्नै गोलपोस्टमा गोल गरेपछि आर्मीले १–० ले अग्रता लिएको थियो । त्यसपछि खेलको ३३ मिनेटमा आर्मीका दिप लामाले गोल गरेर आर्मीलाई २–० को अग्रता दिलाए ।

प्रदेश नम्बर ५ का विनोद केसीले दोस्रो हाफमा प्राप्त २ ओटा पेनाल्टीको अवसरलाई गोलमा परिणत गरेपछि खेल बराबरीमा सकिएको थियो ।

पेनाल्टी शूटआउटमा नेपाली सेनाका नवयुग श्रेष्ठ, सन्तोष तामाङ र विवेक बस्नेतले १–१ गोल गरे । आर्मीका जितेन्द्र कार्की र दीपक गुरुङले गोल गर्न सकेनन् ।

प्रदेश नम्बर ५ का कृष्ण बस्नेतले मात्रै पेनाल्टीमा गोल गर्न सके । दिपेनसिंह ठकुरी, चेतन चौधरी र विवेक पुनले पेनाल्टीमा गोल गर्ने अवसर गुमाए ।

पुरुष फुटबलको फाइनल खेल बुधबार हुने छ । मंगलबार साँझ हुने अर्को सेमिफाइनल खेलका विजेता र त्रिभुवन आर्मीबीच बुधबार फाइनलमा भिडन्त हुने छ ।

मंगलबार साँझ फाइनल प्रवेशका लागि विभागीय टोली नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफबीच प्रतिस्पर्धा हुने छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ११ : १६ बजे

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार