किन कुटे विराज भट्टले निर्माण नियन्त्रकलाई ? « Khabarhub

किन कुटे विराज भट्टले निर्माण नियन्त्रकलाई ?


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘साङ्लो’ निर्माणको विषयलाई लिएर अभिनेता विराज भट्टले चलचित्र प्राविधिक संघका साधारण सदस्य एवम् निर्माण नियन्त्रक शंकर पाण्डेमाथि हातपात गरेका छन् ।

भट्टले निर्माण गर्न लागेको फिल्म ‘साङ्लो’ को छायांकनको विषयलाई लिएर सोमबार साँझ अभिनेता भट्ट र निर्माण नियन्त्रक पाण्डेबीच भेटघाट भएको थियो । सोही भेटमा दुवैबीच हात हालाहाल भएको हो ।

लामो समयदेखि विराज फिल्म ‘साङ्लो’ निर्माणको तयारीमा जुटेका छन् । यो फिल्मलाई उनी आफैले निर्देशन गर्दैछन् भने नायकको रुपमा पनि आफैले अभिनय गर्ने भनिएको छ ।

विराजले आफ्नै लगानीमा बनाउन लागेको यो फिल्ममा निर्माण नियन्त्रक शंकर पाण्डेले फिल्मको छायांकन समयमा शुरु हुन नसकेकाले फिल्म छाड्ने भनेका थिए । जवाफमा विराजले फिल्म छाड्ने भए आफूसँग लिएको एडभान्स फिर्ता गर्नुपर्ने बताए ।

तर, पाण्डेले लामो समय यो फिल्मका लागि दिइसकेकाले एडभान्स फिर्ता नगर्ने बताएका थिए । यही कुरालाई लिएर विवाद भएको थियो ।

विवाद चुलिँदै गएपछि विराज भट्टले पाण्डेमाथि हात हालेका थिए । विराजको कुटाइबाट भुइँमा लडेका पाण्डेले पछि विराजलाई पनि हात हालेको बताइएको छ ।

यद्यपि विराजले भने आफूलाई गाली गरेकाले हात हाल्नुपरेको बताएका छन् । यता खबरहबले सम्पर्क गर्न खोज्दा विराजको फोन सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  १ : ०९ बजे

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)