एपीएफ आठौं राष्ट्रिय खेलकुदको फाइनलमा | Khabarhub Khabarhub

एपीएफ आठौं राष्ट्रिय खेलकुदको फाइनलमा


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके-आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले फाइनल यात्रा तय गरेको छ एपीएफले प्रदेश नम्बर १ लाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । कोहलपुर क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश नम्बर १ लाई ८ विकेटले पराजित गर्दै एपीएफ फाइनल पुगेको हो ।

टस जीतेर पहिलो ब्याटिङ गरेको प्रदेश १ ले ४९ रन बनाएर अल आउट भएपछि एपीएफले ५० रनको झिनो लक्ष्य पाएको थियो । उक्त लक्ष्य एपीएफले १०.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।

एपीएफका लागि शंकर रानाले २३ र प्रदीप ऐरीले १७ रन जोडे । शरद भेषावकर २ र अनिल साहले भने ७ रन बनाए ।

एपीएफविरुद्ध प्रदेश १ का पुष्प थापा र दिपेश कंडेलले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले १६.३ ओभरमा सबै विकेट गुमाएर ४९ रनमात्रै जोड्न सक्यो । प्रदेश १ का लागि अभिनाश थापा र सुन्नी पुनले समान १४ रन बनाउन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

प्रदेश १ का चार खेलाडीले एक रन पनि जोड्न सकेका थिएनन्। प्रदेश १ लाई सस्तैमा समेट्न एपीएफका शरद भेषवाकरले ४ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए। उनी खेलको म्यान अफ द म्याच चुनिए ।

यस्तै, एपीएफका बसन्त रेग्मीले ३ तथा भुवन कार्की र अभिनास बोहोराले समान एक–एक विकेट लिए । एपीएफले अब त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ। उनीहरुबीचको दोस्रो सेमिफाइनल खेल मंगलबार साँझ नै हुनेछ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  १ : २१ बजे

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्