पासाङ ल्हामु शेर्पा प्रेरणाकी स्रोत : प्रधानमन्त्री ओली « Khabarhub

पासाङ ल्हामु शेर्पा प्रेरणाकी स्रोत : प्रधानमन्त्री ओली


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पा विश्वकै साहस र प्रेरणाकी स्रोत भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाले सगरमाथाको सफल आरोहण गरेर महिलाहरु पनि कम छैनन् भन्ने दृष्टान्त पेश गरेको उल्लेख गर्दै त्यसबाट प्रेरणा लिएर अन्य क्षेत्रमा अघि बढ्न पनि सबैलाई आग्रह गरे ।

मंगलबार पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ वर्ष पूरा भएको दिनको स्मरण गर्दै काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले पासाङ ल्हामु शेर्पाको स्मृतिलाई दीर्घकालीन बनाउन सरकार तयार रहेको पनि स्पष्ट पारे ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले काठमाडौंको चुच्चेपाटीमा रहेको स्वर्गीय पासाङ ल्हामु शेर्पाको शालिकमा पुष्पगुच्छा समेत अर्पण गरेका थिए ।

आजभन्दा २६ वर्ष अघि पासाङ ल्हामू शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखर चुम्दै सगरमाथा आरोही महिलाको नयाँ कीर्तिमान कायम राखेकी थिइन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ३ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै