पासाङ ल्हामु शेर्पा प्रेरणाकी स्रोत : प्रधानमन्त्री ओली « Khabarhub

पासाङ ल्हामु शेर्पा प्रेरणाकी स्रोत : प्रधानमन्त्री ओली


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पा विश्वकै साहस र प्रेरणाकी स्रोत भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाले सगरमाथाको सफल आरोहण गरेर महिलाहरु पनि कम छैनन् भन्ने दृष्टान्त पेश गरेको उल्लेख गर्दै त्यसबाट प्रेरणा लिएर अन्य क्षेत्रमा अघि बढ्न पनि सबैलाई आग्रह गरे ।

मंगलबार पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ वर्ष पूरा भएको दिनको स्मरण गर्दै काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले पासाङ ल्हामु शेर्पाको स्मृतिलाई दीर्घकालीन बनाउन सरकार तयार रहेको पनि स्पष्ट पारे ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले काठमाडौंको चुच्चेपाटीमा रहेको स्वर्गीय पासाङ ल्हामु शेर्पाको शालिकमा पुष्पगुच्छा समेत अर्पण गरेका थिए ।

आजभन्दा २६ वर्ष अघि पासाङ ल्हामू शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखर चुम्दै सगरमाथा आरोही महिलाको नयाँ कीर्तिमान कायम राखेकी थिइन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ३ : ३१ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष